Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

आयोडिन नूनको प्रयोगले ढिके नून विस्थापित

जाजरकोट। यहाँका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोगदर बढेको छ । आयोडिनयुक्त नून सहजै पाउन थालेपछि ग्रामीण क्षेत्रमा समेत ढिके नूनको प्रयोग घट्दै गएको छ । केही वर्षअघिसम्म स्थानीयलाई पाँच किलो नूनका लागि हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमा पनि डिपो र गोदामको व्यवस्था गरेपछि उपभोक्तालाई सजिलो आयोडिनयुक्त नून भएको हो । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु नौ मै आयोडिनयुक्त नून वितरण गर्न थालेपछि जिल्लाका सात स्थानीय तहका स्थानीयवासीलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ । साल्ट ट्रेडिङले सदरमुकाम खलङ्गा, दल्ली, थलह र शिवालयमा गोदाम राखेर स्थानीयवासीलाई आयोडिनयुक्त नून उपलब्ध गराउन थालेको छ । पहिले पश्चिम क्षेत्रका स्थानीयवासी हिँडेर सदरमुकाम आएर नून खरिद गर्न बाध्य थिए । नूनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको शिवालय गाउँपालिका–४ का रामप्रसाद शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँमा सहजै आयोनून पाइन थालेको छ । पूर्वको दल्ली डिपोमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छिमेकी जिल्ला रुकुम पश्चिमका स्थानीयवासी नून लिन भीड लाग्ने गरेको छ । पहिले पहिले हप्तामा दुई दिन मात्र वितरण हुने आयोनून अहिले दैनिक वितरण हुँदा झन सहज भएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख भरत श्रेष्ठले बताए । आवश्यकताअनुसार उपभोक्तालाई नून दिने गरिएको उहाँको भनाइ छ । उनका अनुसार अहिले अघिल्लो वर्षकोभन्दा यो वर्षको दोस्रो चौमासिकमै नून बिक्रीदर बढेको छ । गाउँगाउँमा डिपो विस्तारले गर्दा आयोडिनयुक्त नून बिक्री ह्वात्तै बढेको हो । पहिलो नून लिनका लागि ग्रामीण क्षेत्रबाट आएका स्थानीयवासीले विभिन्न सिफारिशको भरमा नून पाउने गरेका थिए । अहिले सिफारिश, कुपन र भनसुन प्रवृत्तिको अन्त्य भएपछि नून सहजरुपमा पाउन थालिएको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीले बताए । उनका अनुसार केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा समेत पर्याप्त नून आपूर्ति नहुँदा सीमित नूनमात्र वितरण गर्ने गरिएको थियो । अघिल्लो वर्ष दुई हजार ३१० क्विन्टल खलङ्गा डिपोमा नून बिक्री भएको थियो भने अहिले माग बढेपछि दुई हजार ८०३ क्विन्टल कोठा निर्धारण गरिएको छ । दल्ली डिपोमा अघिल्लो वर्ष एक हजार ३८५ क्विन्टल कोटा निर्धारण गरिएकामा अहिले बढाएर चार हजार ३८ क्विन्टल निर्धारण गरिएको छ । त्यस्तै पश्चिमको थलह डिपोमा अघिल्लो वर्ष १४५ क्विन्टल बिक्री भएकामा यो वर्ष एक हजार १२९ क्विन्टल निर्धारण गरिएको छ । त्यस्तै शिवालय डिपोमा ३०९ क्विन्टल अघिल्लो वर्ष बिक्री भएकामा यो वर्ष ३७१ क्विन्टल निर्धारण भएको छ । दोस्रो चौमासिकमै भारी मात्रामा आयोडिनयुक्त नून बिक्री भइसकेको प्रमुख श्रेष्ठले जानकारी दिए । कार्यालयका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नून वितरण हुन थालेपछि ढिके नूनको प्रयोग घट्दै गएको छ । आयोडिन नून उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढिके नूनको आयात रोकिँदै गएको छ । गाउँमै रु नौ मा आयोडिनयुक्त नूनको प्याकेट पाइने भएपछि महङ्गो हालेर ढिके नून प्रयोग घटेको छ । आयो नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक जनचेतना फैलाउन खोजे प्रयोग दर अझ बढ्ने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । जनताको सुविधाका लागि महिनापिच्छे विवरण सङ्कलन गरेर परेको समस्या फुकाउने काम भएको प्रजिअ बस्नेतले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies