Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दबंग-३ मा करिनाको ठुम्का

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको फिल्म दबंग-२ मा समवेश डान्स नम्बर ‘फेविकोल से’ निकै चर्चित भयो । करिना दबंग-३ मा पनि यस्तै डान्स नम्बरमा देखिने भएकी छन् । करिना अहिले उनको आफ्नै नयाँ प्रोजेक्टका कारण चर्चामा छिन् । उनी छिट्टै धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् । यो फिल्ममा करिना र अक्षय कुमारका साथमा दिलजित दोसाँझ र कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिने छन् । हालै करिना निर्देशक रोहित सेट्टीलाई भेट्न पुगेकी थिइन् । त्यसैले करिना सेट्टीको फिल्म सूर्यवंशी वा गोलमाल-५ मा पनि देखिने अनुमान लगाइएको छ । करिना सेट्टीसँग भेटेपछि अरबाज खानलाई पनि भेट्न पुगेकी थिइन् । अरबाज दबंग सिरिजका निर्माता हुन् । उनी छिट्टै दबंग-३ को सुटिङ सुरु गर्दै छन् । यो फिल्मको निर्देशन डान्स आइकन प्रभुदेवाले गर्दैछन् । दबंग-३ को डान्स नम्बरको कोरियोग्राफी पनि प्रभुदेवाले नै गर्दैछन् । दबंग-३ मा अश्वनी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खानले खेल्ने पहिले नै तय भइसकेको छ । फिल्मको सुटिङ मार्चमा सुरु हुँदै छ । सेट बनाउने काम सकिँदै छ । दबंग सिरिजका दुवै फिल्ममा सलमान मुख्य भूमिकामा थिए । यो सिरिजको पहिलो फिल्ममा मलाइका अरोरा ‘मुन्नी बदनाम हुई’ गीतमा देखिएकी थिइन् भने दोस्रोमा करिना ‘फेविकोल से’ गीतमा थिइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending