Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

नेकपा अध्यक्ष प्रचण्डद्वारा क्यान्सर पीडित नेता श्रीनाथ अधिकारीसँग भेट

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत वाम नेता श्रीनाथ अधिकारी कमरेड श्यामलाई भेट गरेका छन् ।

क्यान्सरबाट पीडित भई उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का गण्डकी प्रदेश सचिव समेत रहेका अधिकारीसँग अध्यक्ष प्रचण्डले स्वास्थ्य अवस्था र आफूले गर्नुपर्ने सहयोगबारे कुरा गरेका थिए । अध्यक्ष प्रचण्डलाई अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

प्रचण्डले उपचारमा कुनै कसर बाँकी नराख्न तथा क्यान्सरका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिन अस्पताललाई आग्रह गरेका छन् । भेटमा प्रचण्डले अधिकारीलाई हिम्मत नहार्न तथा आफूलाई कत्तिपनि मनोबल नगिराइ सक्रिय बनीराख्न सुझाव दिएका थिए ।

प्रचण्डले नेता अधिकारी तथा अस्पतालमा उपचाररत क्यान्सरका अन्य बिरामीको स्वास्थ्य अवस्थाबारे समेत विभिन्न जिज्ञासा राखे । घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शङ्का गरी पोखराले थप उपचारका लागि १९ पुसमा भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो ।

अहिले नेता अधिकारीको अस्पतालमै केमोथेरापी भइरहेको जानकारी डा खगेन्द्र देवकोटाले दिए ।  एकीकृत नेकपा माओवादीबाट विभाजीत भइ बनेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य अधिकारीलाई विहिवार भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

नेता अधिकारी गोरखाको कम्युनिस्ट आन्दोलनका संस्थापक नेता समेत हुन् । उनले जनयुद्धकालमा चितवनको पार्टीको नेतृत्व समेत गरेका थिए । उनी कम्युनिष्ट र माओवादी आदोलनमा अत्यन्त आदर्श नेताको रुप्मा पनि स्थापित छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending