Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

कांग्रेस केन्द्रीय समितिका शीर्ष नेता नै नेविसंघको विषयमा विभाजित

काठमाडौँ । विद्यार्थी संगठन नेविसंघको विषयमा कांग्रेसका शीर्ष नेता नै विभाजित भएका छन् । १० माघबाट जारी कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटन गर्नुपर्ने बताए । ११औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको कार्यसमितिले दुईपटकसम्म म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेको उनीहरूको तर्क छ । तर, अर्का नेता कृष्णप्रसाद सिटौलाले पौडेल र निधिको प्रस्तावको विरोध गर्दै थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको अवस्थामा नेविसंघको हकमा मात्रै म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने तर्क राखे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ नेविसंघलाई कसरी अगाडि बढाउने भन्ने प्रस्ताव राखेका थिए । नेविसंघको विषय एजेन्डा बनेपछि पौडेलले दुईपटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमिति राख्नुको औचित्य नरहेको बताए । ‘विधान नै संशोधन गरी दुई–दुईपटक म्याद थप्दासमेत महाधिवेशन गर्न नसक्ने अहिलेको कार्यसमिति विघटन गर्नुपर्छ’ पौडेलले भने ‘यो कार्यसमितिको म्याद जतिपटक थपे पनि महाधिवेशन हुन नसक्ने देखियो । तसर्थ नयाँ कार्यसमिति बनाएर अगाडि बढ्नुपर्छ ।’ उपसभापति विमलेन्द्र निधिले पनि कानुनी र राजनीतिक दुवै रूपमा नेविसंघको ११औँ महाधिवेशनबाट आएको कार्यसमितिको औचित्य सकिएकाले विघटन गर्नुपर्ने बताए । ‘कानुनीसँगै राजनीतिक रूपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको छ’ निधिले भने ‘तसर्थ म्याद थपेर केही काम हुँदैन, वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउनुपर्छ ।’ नेता सिटौलाले भने निर्वाचित कार्यसमिति विघटन गरी तदर्थ समिति बनाउन नहुने बताए । म्याद सकिएका भ्रातृसंस्थाका नेतृत्वकर्तालाई बोलाएर महाधिवेशन गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । ‘निर्वाचित कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउने कार्य उपयुक्त हुन सक्दैन । नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्छ’ सिटौलाले भने ‘पार्टीका धेरै भ्रातृसंस्थाको म्याद सकिएको छ । उनीहरूलाई बोलाएर पार्टीले छिटो महाधिवेशनका लागि निर्देशन दिनुपर्छ । तदर्थ समिति बनाउने कार्यले संगठन बलिया हुँदैनन् ।’ बिहीबारको बैठकमा नेविसंघसम्बन्धी निर्णय गर्ने तयारी देउवाको छ । स्रोतका अनुसार देउवा पनि नेविसंघको वर्तमान कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति बनाउने पक्षमा छन् । देउवाको चाहनामा पौडेलले साथ दिएपछि अब नेविसंघको नयाँ कार्यसमिति आउने निश्चितजस्तै रहेको एक सदस्य बताउँछन् । रामचन्द्र पौडेल,कांग्रेस नेता विधान नै संशोधन गरी दुई–दुईपटक म्याद थप्दासमेत महाधिवेशन गर्न नसक्ने अहिलेको कार्यसमिति विघटन गर्नुपर्छ । यो कार्यसमितिको म्याद जतिपटक थपे पनि महाधिवेशन हुन नसक्ने देखियो । तसर्थ नयाँ कार्यसमिति बनाएर अगाडि बढ्नुपर्छ । बिमलेन्द्र निधि, कांग्रेस उपसभापति कानुनीसँगै राजनीतिक रूपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको छ । तसर्थ, म्याद थपेर केही काम हुँदैन, वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउनुपर्छ । कृष्ण सिटौला, कांग्रेस नेता निर्वाचित कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउने कार्य उपयुक्त हुन सक्दैन । नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्छ । पार्टीका धेरै भ्रातृसंस्थाको म्याद सकिएको छ । उनीहरूलाई बोलाएर पार्टीले छिटो महाधिवेशनका लागि निर्देशन दिनुपर्छ । तदर्थ समिति बनाउने कार्यले संगठन बलिया हुँदैनन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending