Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

२० बिमा कम्पनीले पुँजी वृद्धि गर्न सकेनन्

काठमाडौँ । बिमा समितिले तोकेको समयभित्र अधिकांश बिमा कम्पनीहरूले चुक्ता पुँजी पु-याउन सकेनन् । बिमा समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा तोकिएको पुँजी पु-याउन निर्देशन दिएको थियो । निर्देशिका अनुसार निर्जीवन बिमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउनुपर्ने हुन्छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - उक्त अवधिमा पुँजी जुटाउन नसक्ने कम्पनीहरूलाई नियमानुसार दुईपटक तीन/तीन महिनाको समयावधि थप गरिसकेको छ । समितिले थप गरेको समय गत पुस महिनामा सकिएको हो । पुस मसान्तसम्म २ वटा जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनीले मात्र पुँजी वृद्धि गरेका छन् । बाँकी २० वटा कम्पनीले पुँजी पु-याउन सकेका छैनन् । हाल नेपालमा १९ वटा जीवन बिमा र २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुनेछ । तोकिएको समयमा पुँजी कायम नगर्ने कम्पनीहरूलाई अनिवार्य मर्जरको निर्देशन दिने समितिले बताएको थियो । तर, अवधि सकिएको १५ दिनभन्दा बढी हुँदासमेत समितिले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाउन सकेको छैन । ती कम्पनीसँग समितिले पुँजी वृद्धि गर्न नसक्नुको कारणका विषयमा स्पष्टीकरण सोध्ने समितिका निमित्त कार्यकारी निर्देशक राजुरामण पौडेलले बताए । पुँजी बढाउन नसकेको भन्दै हाल अधिकांश कम्पनीले समय थपको निवेदन दिएका छन् । बिमा कम्पनीलाई पुँजी कायम गर्न समय थप गर्ने बिमा समितिको प्रस्तावलाई समितिको सञ्चालक समितिले अस्वीकृत गरेको छ । समितिले लागू गरेको एनएफआरएस (नेपाल फाइनान्स रिपोर्टिङ स्याटयान्डर्ड) का कारण कम्पनीहरूले तोकिएको समयमा पुँजी पु-याउन नसकेको भन्दै समय बढाउन बिमा समितिलाई अनुरोध गरेका थिए । तर, समितिको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेको छ । बिमा समितिले तोकेको पुँजीको विषयमा विदेशी शाखा कम्पनीहरू पनि अन्योलमा छन् । नेपालमा नेसनल, ओरियन्टल र मेट लाइफ तीनवटा इन्स्योरेन्स कम्पनी छन् । मेट लाइफ कम्पनीले यसअघि नै समितिले तोकेको पुँजी जुटाउन नसक्ने भनी पत्राचार गरेको थियो । कम्पनीहरूसँग स्पष्टीकरण लिनेछौँ राजुरमण पौडेल, निमित्त कार्यकारी निर्देशक, बिमा समिति प्रत्येक कम्पनीसँग पुँजी वृद्धिका विषयमा बेग्लाबेग्लै स्पष्टीकरण माग्नेछौँ । त्यसपछि मात्रै कम्पनीहरूलाई समय थप गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ । समयमा नै पुँजी वृद्धि गर्न नसक्नुको मुख्य कारण भनेको एनएफआरएस लागू हो । एनएफआरएसका कारण कम्पनीहरूले समयमा नै वित्तीय विवरण तयार पार्न सकेनन् । त्यसैले यसमा ढिलाइ भएको हो । अधिकांश कम्पनी पुँजी कायम गर्न सक्षम छन् । केही कम्पनी मात्रै कमजोर देखिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending