माघ २३ गते, २०७५ बुधवार 6th February, 2019 Wed०६:३९:५४ मा प्रकाशित
काठमाडौं । भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए। मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बतायो।
‘उहाँ आउनु भयो, नेपाल–अमेरिका सम्बन्ध र पछिल्लो विकसित भेनेजुएला प्रकरणबारे छलफल भयो,’ एक निकटस्थले सुनाए, ‘विषय अरु पनि थिए तर मुख्यतः पछिल्लो विकसित घटनाबारे नै छलफल भएको हो।’ यसअघि सरकारले शुक्रबार गरेको कूटनीतिक ब्रिफिङमा भने बेरी अनुपस्थित थिए। उनले सोही दिन दैनिक पत्रिकाका सम्पादकलाई दूतावासमै बोलाएर छलफल गरेका थिए। नेपाल सरकारले भेनेजुएलाको राजनीति नबुझेको भन्दै उनले खासै साइनो नभएको मुलकबारे नेपालले चासो राखेकोमा प्रश्न गरेका थिए।
प्रधानमन्त्रीले ओलीले भने नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बतायो। उनले सरकार र पार्टी नेताका विचारलाई एउटै रूपमा नबुझ्न पनि राजदूतलाई आग्रह गरेको बताइएको छ।
बिनाकारण पुरानो एवं दातृ मुलुकसँग सम्बन्ध नबिगार्न विज्ञहरूले राजनीतिक दल र सरकारलाई सुझाएका थिए। सत्तारुढ दलले भने विज्ञप्तिमाथि विज्ञप्ति जारी गरेपछि राजदूत बेरी प्रधानमन्त्री निवासै पुगेका हुन्।
शक्ति मुलुकसँगको सम्बन्ध चिसिएपछि राजदूत बेरी सोमबार एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत खासै बोलेनन्। अमेरिकाले नेपालले पुरानो सम्बन्ध भएको मुलुकलाई नपत्याएर साइनो नै नभएको मुलुकका पछि लागेको भन्दै दुःख प्रकट गर्दै आएको छ।
भेनेजुएलाभित्रको मानवीय संकट र पछिल्लो राजनीतिक प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले कडा शब्दमा वक्तव्य दिंदा नेपाल–अमेरिका सम्बन्ध पेचिलो बन्न पुगेको थियो।
राजदूत र प्रधानमन्त्रीबीच भएको छलफलबारे प्रधानमन्त्री कार्यालय र अमेरिकी दूतावास दुवैले बताउन चाहेनन्। प्रायः यस्तो भेट हुनेबित्तिकै ट्वीट गर्ने वा वक्तव्य जारी गर्ने दूतावासले यसपटक जिज्ञासाको उत्तर समेत दिएको छैन। प्रधानमन्त्रीका सल्लाहकार तथा सहयोगीहरूले पनि औपचारिक रूपमा बोल्न अस्वीकार गर्दै भने, ‘प्रधानमन्त्री र राजदूतको विषय उतै (दूतावासमा) सोध्नू, यसमा हामी बोल्न सक्दैनांै।’
भेनेजुएला संकटबारे दाहालको विज्ञप्ति आएपछि काठमाडौंस्थित दूतावासले परराष्ट्र मन्त्रालय र अमेरिकाको स्टेट डिपार्टमेन्टको दक्षिण एसिया शाखाले वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा सोधपुछ गरिसकेको छ। अमेरिकालगायत अधिकांश पश्चिमा मुलुकले भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मडुरो विरोध गर्दै विपक्षी नेता हुँवा गुइएडो पक्षमा खुलेका छन्। चीनलगायत मुलुकले भने मडुरोलाई साथ दिएका छन्।
ल्होसारको अमेरिकी शुभकामना
यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन्। अमेरिकी सरकारका तर्फबाट विदेशमन्त्री पम्पेओले नेपाल, भुटान, भारत, चीनसहित विश्वभरि सोनाम ल्होसार मनाइरहेका सबैलाई शुभकामना प्रदान गरेका हुन्।
‘नयाँ वर्ष मनाउने क्रममा यसवर्ष तपार्इं, तपाईंका परिवार तथा तपाईंका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा अमेरिका यहाँहरूको स्थिर साझेदार तथा मित्रका रूपमा रहिरहने विश्वास दिलाउन चाहन्छु,’ पोम्पेओलाई उद्धृत गर्दै अमेरिकी दूतावासद्वारा जारी सन्देशमा भनिएको छ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: