Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रधानमन्त्री सहभागी कार्यक्रममा नगएका अमेरिकी राजदूतले मन्त्री भेटे

काठमाडौं । भेनेजुयलाको विषयमा नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि रुष्ट रहेको अमेरिकाका नेपालका लागि राजदूतले आज नेपाल सरकार शिक्षा मन्त्रीलाई भेटेका छन् । अन्तर्राष्ट्रिय समुदायलाई केही समय अघि प्रधानमन्त्री सहितको कार्यक्रममा अनुपस्थित बनेका राजदूत र्यान्डी बेरीले आज नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरेका हुन् ।

मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा बिषेश सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

आफुसँग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्र कैं व्यक्ति भएको परिचय दिदैं राजदूत बेरीले दुई पटक शिक्षा मन्त्री हुनभएका मन्त्री पोखरेल संग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताए । उनले नेपालका बिद्यालयहरुमा अग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाई दिन पनि अनुरोध गरे ।

भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई बिषेश धन्यवाद ज्ञापन व्यक्त गर्दे सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताए ।

युवा जनशक्ति लाई श्रम प्रति उन्मूख गर्दै श्रमलाई सीप संग, सीपलाई आय आर्जनसंग र आयआर्जनलाई संबृद्धिसंग जोड्ने अभियानमा नेपाल सरकार रहेको बताउँदैं मन्त्री पोखरेलले प्राविधिक शिक्षामा जोड दिने कार्यक्रममा सहकार्यको अपेक्षा राखिएको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: