Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

टी–२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टाेलीको विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेली युएईविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको छ । क्रिकेट टाेलीलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ ।

क्रिकेट टिमलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सांसद दिलकुमारी रावल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, राखेपका पदाकारी लगायत विमानस्थल पुगेका थिए ।

विमानस्थलमा खेलाडीहरूलाई स्वागत गर्न रातो कार्पेट बिच्छ्याइएको थियो । खेलाडिलाई स्वागत गर्न समर्थकको पनि विमानस्थलमा उल्लेख्य उपस्थिती रहेको थियो । उनीहरुले ऐतिहासिक जित दिलाएको टोलिलाई ह्दयदेखि नै स्वागत गर्न आएको प्रतिकृया दिएका छन् ।

विमानस्थलमै बाँडियो खेलाडीलाई पैसा क्रिकेट राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेका राष्ट्रिय टोलीका खेलाडी सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिन सिफारिस गरेको छ । राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको हो ।

यसैबीच राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनहीँ १०÷१० हजार रुपैयाँ दिनुभएको छ । टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विमानस्थलमै सो रकम खेलाडीहरूलाई हस्तान्तरण गर्नुभएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: