Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रस्तावित विधेयकमा नसेमेटिएकाे भन्दै स्वर्गद्वारी किसान आन्दोलित

घोराही । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर्वोच्च अदालतले २०६२ चैत १४ गते गरेको फैसलाअनुसार स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनी व्याख्या गरेको छ । प्रस्तावित विधेयकमा व्याख्या गरिएका पाँच प्रकारका गुठीमध्ये विशेष प्रकृतिको गुठीका बारेमा उल्लेख नगरिएको आन्दोलनकारीको भनाइ छ । हाल विधेयकमा नसेमेटिएपछि जग्गा प्राप्तिलगायत राज्यका तर्फबाट गुठीमा बसोबास गर्दै आएका मोहीयानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिएकाले आन्दोलन गर्नुपरेको स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । \'कानूनमै उल्लेख नगरिएपछि हामीले दाबी गर्ने स्थान रहँदैन, त्यसैले गुठीको व्यवस्थापन गर्न मन्त्रालयले तयार पारेको विधेयक संशोधन गरी संसदमा लगियोस् भन्नका लागि आन्दोलन थालेका हौँ\', उनले भने । विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका मोही किसानले मन्त्रालयले तयार पारेको हालको मस्यौदा विधेयकमा ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर स्वर्गद्धारी आश्रम गुठीलाई समेट्नुपर्ने बताएका छन् । यस्तै हाल चार बिघाभन्दा बढी जग्गामा एक व्यक्तिले मोहीहक भर्न नपाउने प्रावधानलाई समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ । पुस्तौँदेखि जग्गा भोगचलदन गर्दै आउँदा जग्गा नबढ्ने तर परिवारका सङ्ख्या बढ्दै गएकाले एक व्यक्तिले चार बिघाभन्दा बढी मोही भर्न नपाउने प्रावधान खारेज नभए मोही किसानका परिवारको उठीबास हुने चौधरी बताउछन् । \'मोहीको हकवालाले मात्र मोहीहक पाउने व्यवस्थालाई खारेज गरी जुन किसानले जुन मोही जग्गामा घरगोठ बनाएको र भोगचलन गर्दैै आएको छ, त्यो जग्गा त्यही किसानलाई उपलब्ध गराउनुपर्ने हाम्रो माग हो\', चौधरीले भने । स्वर्गद्वारी आश्रमका प्रसाशन प्रमुख हरिहर अधिकारी भने आश्रमका मोही किसानको आन्दोलनबारे आफूलाई कुनै जानकारी नभएको बताउछन् । जिल्लामा स्वर्गद्वारी आश्रमको करीब १२०० बिघा जग्गा रहेको छ । प्रायः जग्गामा पुस्तौँदेखि थारू र अन्य समुदायका व्यक्तिले भागचलन गर्दै आएका छन् । जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीका अनुसार जिल्लाभरि करीब २२ हजार परिवारले स्वर्गद्वारी आश्रमको जग्गा भोगचलन गर्दै आएका छन् । \'धेरैजसो जग्गामा मोहीयानी हक लागेको छ\', उनले भने । सङ्घर्ष समितिका सचिव भरतराज गिरीले देउखुरीस्थित लमही नगरपालिकाको चैलाही, वनगाउँ, अर्नवा, मजगाउँ, सतबरिया, उच्चानिम्बु र गङ्गदीमा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा मोही किसानले भोगचलन गर्दै आएको बताए । घोराही उपमहानगरपालिकाको रामपुरको पलाँसे, ढोडेनी, झिँगौरा नैनवार, सुर्केडाँगी, हर्नकलगायतका स्थानमा पनि किसान बस्दै आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending