Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कैलालीमा चौबिसै घण्टा आकस्मिक सेवा शुरु

अत्तरिया। कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ । नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिक लगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत डा अश्विनी चौहानले जानकारी दिए । उनका अनुसार आगामी दिनमा शव परीक्षण सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ । सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै १५ श्ययाको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको डा चौहानको भनाइ छ । आकस्मिक सेवामा एक डाक्टर, एक अहेब र एक कार्यालय सहयोगी राखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरेको छ । आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पाँच लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरिरहेको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४÷७५ मा गौरीगङ्गा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि रु ११ लाख विनियोजन गरेको नगर प्रमुख भीमबहादुर देउवाले बताए । केन्द्रले बिरामी पर्चा, स्वास्थ्य बीमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजीटीलगायतबाट वार्षिक झण्डै रु सात लाख आम्दानी गर्दै आएको छ । केन्द्रलाई गत आर्थिक वर्षमा सङ्घीय स्वास्थ्य मन्त्रालयले सेवा सुदृढीकरण शीर्षकमा रु तीन लाख उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन नगरेको जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies