माघ २० गते, २०७५ आइतवार 3rd February, 2019 Sun०९:२२:४२ मा प्रकाशित
इलाम । चियाको राजधानीका रूपमा चिनिएको इलामको सूर्योदय नगरपालिकामा साना किसानदेखि उद्यमीसम्मले भोगिरहेका समस्याको चाङनै छ। सुनिदिने मान्छे भेटेभने यहाँका साना किसानदेखि उद्यमीले गुनासो सुरु गरिहाल्छन्।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - एक साताअघि सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्न आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेट्ने अवसर पाएका उनीहरूले चिया रोप्तादेखि बजारमा पुर्याउँदासम्म भोगेका समस्या पालैपालो सुनाए। नगरपालिकाको शान्ति चोकका मानकुमार लेप्चाले भने, ‘पहिले चिया रोप्न सरकारले हौस्यायो। अहिले बैंकले ऋणसम्म दिन छोड्यो।’ चिया रोपेपछि कतिपयले कर्जा नै तिर्न नसकेकाले बैंकले ऋण दिन छोडेको उनले सुनाए।
गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईले अग्र्यानिक चियाबाहेक अरुको भविश्य नरहे पनि किसान एक्लैले अग्यानिक खेती गर्न नसक्ने बताए। उनले सरकारको सहयोगबाट मात्र अग्र्यानिक अभियान सफल हुने बताए। चिया उद्यमी पुनम राईले इलाम जिल्लालाई नै अग्र्यानिक जिल्ला घोषणाको बाटोमा काम गर्न सरकारलाई अनुरोध गरे। उनले भने, ‘अग्र्यानिक जिल्ला घोषणा गरियो भने चियाले मात्रै हैन सबै कृषि उपजले भाउ पाउँछ।’
अन्तुका चिया कृषक अभिनन्द गिरीले चियाका विभिन्न जात एउटै बगानमा मिसिएकाले पुराना बगानमा फेरि चिया रोप्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘सरकारले पुराना बगानलाई व्यवस्थीत गरेर आम्दानी वृद्धिका लागि समेत सहयोग गर्नु पर्छ।’ किसानले अग्र्यानिक खेती सुरु गर्दा लगानी घट्ने, अग्र्यानिक प्रमाणीकरण साना किसान र उद्यमीले गर्न नसक्ने बताउँदा मुख्य मन्त्री राई टाउको हल्लाउँदै सुनिरहेका थिए।
इलामको सूर्योदय नगरपालिकामा सानाठूला गरी ६० वटा चिया कारखाना छन्।
प्रदेश सांसद काजीमान कागतेले कारखाना बढेपछि उद्योगले चिया पाउनै छोडेको बताए। उनले भने, ‘अब चिया खेती बढाउनेतर्फ सरकारको ध्यान जानुप¥यो।’, उद्यमीले भारतले सीएफएल नामको परीक्षणका नाममा उद्यमीलाई बोझ थपेको गुनासो गरेका छन्। मुख्य मन्त्री शेरधन राईले अग्र्यानिक प्रमाणीकरण, कर्जा व्यवस्थापन र चियाखेती विकासका लागि योजनावद्ध काम गर्ने आश्वासन दिए। इलामको सूर्योदय नगरपालिकामा सानाठूला गरी ६० वटा चिया कारखाना छन्। यहाँका अधिकांश किसानले चियाखेती गरेका छन्।
नियमन र सहयोग सँगसँगै
सूर्योदय नगरपालिकाले प्रमुख नगदेवाली चियाको गुणस्तर कायम गर्ने र हरियो पत्तिको मूल्यमा रहेका मनपरिलाई नियन्त्रण गर्ने उद्देश्यले गत वर्ष नै कार्यविधि ल्याएको छ। चिया टिप्ने पहिलो सिजनमा हरियो चियाको मूल्य प्रतिकिलो ८० रुपैयाँको हाराहारी दिने र त्यही वर्ष प्रतिकिलो २० रुपैयाँसम्ममा चिया खरिद गर्ने कारखाना र विचौलीयाको रणनीतिलाई रोक्ने नगरपालिकाको रणनीति छ। नगरले नरमपात भएको पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ प्रतिकिलो कायम गरेर कार्यविधि लागू गरेर चियाको दिगो विकासका लागि चरणबद्धरूपमा कार्यक्रम अघि सारिएको नगरपालिकाका मेयर रणबहादुर राईले बताए।
यस क्षेत्रमा हरियो चियापत्तीको उत्पादन, प्रशोधन, संकलन गर्ने व्यक्ति संघ संस्थालाई लक्षित गरेर जारी गरेको मापदण्डमा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तर कायम गरी चिया उत्पादन प्रशोधन गर्नु गराउनुपर्ने प्रावधान राखिएको छ। मेयर राईले भने, ‘यस वर्षदेखि अनुगमनलाई थप कडा बनाइनेछ।’
मापदण्डमा हरियो चिया उत्पादकले असल कृषि अभ्यास आधारित भई पत्तीको उत्पादन गर्नुपर्ने उल्लेख छ। मापदण्डमा भनिएको छ, ‘जथाभावी विषादीको प्रयोग गर्न पाइने छैन। चिया क्षेत्रमा प्रयोग हुने रासायनिक पदार्थ बिक्रीवितरण गर्ने व्यवसायीले रासायनिक मल, बीउ, विषादीको विवरण गुणस्तर र मूल्यसूचीसहित नगरपालिकाको शाखाबाट दर्ता तथा अनुमतिपत्र लिएको हुनु पर्नेछ।’
कार्यविधिमा ४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिदबिक्रीलाई निरुत्साही गरिने उल्लेख छ। मेयर राईका अनुसार नगरपालिकाले चिया उत्पादन र व्यवसायलाई आवश्यक पुँजीको प्रवाहलाई सरलीकरण गर्न चिया अनुसन्धानशाला तथा चिया अक्सन बजारको पूर्वाधार तयार गर्न सुरु गर्ने, चिया निर्यातको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, चियाखेतीमा संलग्न किसानलाई सहकारिताको सिद्धान्तअनुसार संगठित गराउँदै लैजानेलगायत योजनासमेत अघि सारिएको बताए।
सूर्योदय नगरपालिकाका किसानले गत वर्ष हँसियाले समेत चिया टिपेका थिए। कार्यविधिमा भने चियाको गुणस्तर किटान गरिएको छ। कार्यविधिमा भने सुइरो, एक पात सुइरो, दुई पात सुइरो भएको, एक पात नरम बाँझी भएको चिया सहजै खरिद गर्ने उल्लेख छ। कार्यविधिमा तीन पात तथा चार पात एक सुइरोबाट, दुई पात एक सुइरो चुँडेर लिने उल्लेख छ भने दुई पात बाँझी तथा चार पात माथिको पत्ती र कालो पात, रोग किरा लागेको पत्ती नलिने उल्लेख छ।
नगरपालिकाले किसानको गुनासो सुनेर नै सहकारीमार्फत कारखाना खोल्नेलाई ब्याजमा अनुदानको समेत व्यवस्था गरेको मेयर राईले बताए। नगरपालिकाले सानाकिसान सहकारीले चिया कारखाना खोल्दा सान किसान सहकारी बैंकले कर्जा लगानी गर्ने सम्झौता गरेको छ। कारखानाको ब्याज नगरपालिकाले तिर्ने सहमति भइसकेको मेयर राईले जानकारी दिए।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: