Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

मन्त्री बाँस्कोटा भन्छन् "सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ"

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएको छ । शनिबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५ औँ फग सोनाम ल्होछार’ कार्यक्रममा बोल्नुहुँदै उहाँले सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्नको निम्ति हामीसँग भएका सम्पूर्ण स्रोत र शक्ति बदल्न सक्नुपर्ने बताए । उहाँले त्यसका लागि जल, जङ्गल, जमीन र मानवीय शक्ति र ज्ञानलाई एकीकृत गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । “अब नेपाल राष्ट्रको यात्रामा सबै जाति, भाषा, धर्म र संस्कृति समान भएकाले कसैप्रति विभेद र दमन छैन”, मन्त्री बाँस्कोटाले भने, “त्यसका लागि सबै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा लाग्न जरुरी छ ।” अहिले तीन तहको सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले ध्वंशपछि निर्माण हुने भएकाले भूकम्पपछि नयाँ निर्माणको कार्यबाट देश अघि बढिसकेको र नवनेपालको ऐतिहासिक बलियो जग खडा गरिसकेको छ भने । उहाँले संस्कृति पनि पर्यटन पूर्वाधार क्षेत्रको महत्वपूर्ण पाटो भएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने बचन दिए। उहाँले तामाङ समुदायको पहिचानको रुपमा स्थापित बौद्धनाथलाई देशको अन्तर्राष्ट्रिय पहिचान हुने टिकट प्रकाशन गर्ने निर्णय बिहीबार भएकाले छिट्टै प्रकाशन हुने समेत जानकारी गराए । उहाँले देश र प्रकृतिको बहुलता समावेशिता भएकाले यो आज राज्यको प्रत्येक निकायमा रहेको उल्लेख गर्दै सरकारले बिदा काटेको नभई स्थानीय सरकारले तीन दिन बिदा दिएको बताए । स्थानीय सरकारले आफ्नो भौगोलिक र समुदायको बसोबासको हिसाबले बिदा दिएको उनको भनाइ छ । कार्यक्रममा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले समावेशी मुलुकको रुपमा गणतान्त्रिक व्यवस्था स्थापना भएकाले भाषा, सांस्कृतिक परम्परा र वेशभूषालाई जगेर्ना गर्ने काममा नगरपालिका लागिरहेको बताए । उनले भने, “एकले अर्को पर्व मनाइरहँदा अरुको भावनामा ठेस पुग्ने काम गर्नु हुदैँन ।” कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तामाङ समुदायको महान् राष्ट्रिय पर्वको बिदा काटिएकामा त्यसलाई सङ्घीय सरकारले नै बिदा दिएर ल्होछारको सम्मान गर्नुपर्ने बताए। नगरपालिकाभरिका सबै समुदायको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending