Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

विमानस्थलको काम द्रुत गतिमा

डोटी । तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ । विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । रु छ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो । करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । उनले भने, “निेर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुशी भएका छन् ।” पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपान अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए । उनले भने, “घरआँगनमै विमानस्थल हुँदासम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको थियो, अब समस्या समाधान हुन्छ कि ।” विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । देशभरिकै उत्कृष्ट सुदूरको आयुर्वेद सेवा सुदुर पश्चिम आर्युवेद औषधालय देशभरमै उत्कृष्ट हुन पुगेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को सातवटै प्रदेशका आयुर्वेद कार्यालयको समीक्षा बैठकले उक्त औषधालयलाई उत्कृष्ट घोषणा गर्नाका साथै सम्मानपत्र पनि प्रदान गरेको थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा चेतराज जोशीलाई सम्मानपत्र प्रदान गरे । समीक्षा कार्यक्रममा सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका आयुर्वेद स्वास्थ्यकर्मी र निर्देशकको सहभागिता रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा जोशीले जानकारी दिए । सुदूरमा कुष्ठरोगी देखिँदै सुदूरपश्चिम प्रदेशमा पुनः कुष्ठरोगका बिरामी देखिन थालेका छन् । यहाँका विभिन्न स्वास्थ्य संस्थाले कुष्ठरोग उन्मूलन भइसकेको जनाए पनि पछिल्लो समय कुष्ठरोगी देखिन थालेका हुन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७२÷७३ मा यस प्रदेशका नौ जिल्लामा २०८ कुष्ठरोगी फेला परेकामा आव २०७३÷७४ मा त्यो सङ्ख्या घटेर २०१ मा पुगेको थियो तर २०७४÷७५ मा भने २९८ पुगेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा यो रोग उन्मूलनपछि फेरि देखिएको हो । सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगका बिरामी भेटिएको डा अवस्थीले जानकारी दिनुभयो । गत आवमा कैलालीमा १७४, कञ्चनपुरमा ४३ र अछाममा २८ मा कुष्ठरोग भेटिएको उक्त निर्देशनालयले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविर दीपायलमा रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले स्थानीय सरस्वती आधारभूत विद्यालय दीपायलमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १०० भन्दा बढीले उपचार गराएका छन् । उक्त अस्पतालका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक डा पूजा खड्काका अनुसार शिविरमा आएका विद्यार्थी, तिनका अभिभावक, शिक्षक, विद्यार्थीको उपचारका साथै निःशुल्क औषधिसमेत वितरण गरिएकाले स्वास्थ सेवा लिनआउनेहरू खुशी भएका थिए । शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending