Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

के गर्दैछ नेकपाको कार्यदल ? कहिले हुन्छ एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बनाएको पछिल्लो कार्यदल गुपचुप जस्तै छ । गत पुष १६ गते स्थायी समितिको बैठकबाट सचिालय सदस्य राम बहादुर थापा ‘बादल’ र पार्टी महासचिव बिष्णु पौडेल समेत रहेको ९ सदस्यिय कार्यादलले औपचारिकताका लागी ३,४ वटा बैठक बस्नुबाहेक अन्य कुनै पनि काम गर्न सकेको छैन । के थियो जिम्मेवारी ? ९ सदस्यीय कार्यदलका लागी पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका लागी विधि र समान नीति एंव मापदण्ड तयार गर्ने जिम्मेवारी पाएको थियो । मापदण्डमाथि छलफल गरिरहेको कार्यदलले सुरुमा मापदण्ड अध्यक्षद्वयबाट पारित गराउनुको साथै सोही मापदण्डको आधारमा एकतासम्बन्धि ठोस योजना निर्माण गर्ने भनिएको थियो । पूर्व एमालेमा समस्या पुष्टी नभएपनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्याण्ड भ्रमणमा जानु अघि ‘प्रदेश कमिटिमा कुनै हेरफेर नगर्नु’ भनि निर्देशन दिएको समाचार बाहिरिएको थियो । तर नेपाल पक्षले भने प्रदेश समितिका विषयमा छलफल नगरिए बाँकी एजेण्डामा छलफल नहुने अडान लिईरहेको बताइन्छ । यता ओली पक्ष भने सचिवालयबाट टुंगिसकेको प्रदेश समितिको विषयलाई फेरी विवादमा ल्याउन नहुने अडानमा देखिन्छ । पूर्व एमालेमा ओली र पार्टीका अर्का नेता माधव कुमार नेपाल समुहबिच कार्यविभाजन तथा जिम्मोरी बााडफाँडमा कुरा मिलिरहेको थिएन । पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका नयाँ एजेण्डा बाहेक प्रदेश समितिका सदस्यहरुको चयन प्रक्रिया निश्चित मापदण्डका आधारमा नभएको भन्दै नेपाल समुहले पुनः छलफल गर्नुपर्ने माग राख्दै आएको छ । कार्यदलका एक सदस्यका अनुसार ओली र नेपाल पक्षको आन्तरिक द्वान्दमा कार्यदल फसेको छ र पछिल्लो ३ हप्तादेखि बैठक त के अनौपचारिक छलफल समेत हुन सकेको छैन । कार्यदलका सदस्यहरुलाई कार्यदलले केके काम गरिरहेको छ भनि सोधिएको प्रश्नमा ‘आन्तरिक छलफलमा छ’ भन्नेबाहेक अन्य जवाफ दिएका छैनन् । यो सँगै एकता कहिलेर कसरि सम्पन्न हुन्छ भनेर कोही नेता कार्यकर्ताले भन्न सक्ने अवस्था छैन । एकता कार्यदलमा नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् । यो पनि पढ्नहोस् के गर्दैछ नेकपा कार्यदल ? कहाँ पुग्यो कार्यदलको काम ? किन भुमिगत छ नेकपाको एकता कार्यदलको काम कारवाही ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending