Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भारतीय दूध आयातमा गुणस्तर परीक्षण गरेर मात्रै भित्रिन दिने

बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताए । \'नेपालमा गुणस्तरहीन दूध आइरहेको भन्ने गुनासो आएपछि हामीले गुणस्तर परीक्षण गरेको प्रतिवेदन देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौँ\', भन्सार प्रमुख निरौलाले भने, \'गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलबाड गर्न त पाइएन नि ?\' भारतबाट नेपालगञ्जमा दैनिक एक हजार ३०० लिटर दूध आउने गरेको छ । बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाइ गरेपछि चोरी नाकाबाट दूध ल्याउँदा ढिलाइ हुने भएकाले यहाँका व्यवसायी समस्यामा परेका छन् । दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच्न ‘मिल्क एनालाइजर’ छैन । क्वारेन्टाइनसँग ‘ल्याक्टोमिटर’सम्म जाँच गर्ने मेसिन भए पनि त्यो भरपर्दो नभएको कार्यालय प्रमुख डा शीतलबाबु श्रेष्ठ बताए । सरकारले दूध परीक्षण गर्ने मेशिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिँदैनाँै भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका दूध, दही व्यवसायी बताउँछन् । क्वारेन्टाइनसँग जाँच गर्ने मेशिन नहुँदा दूध परीक्षणमा समस्या भइरहेको छ । भारतबाट आउने पशुजन्य उत्पादनको परीक्षणका लागि सीमानाकामा क्वारेन्टाइन कार्यालय राखिए पनि दूधको गुणस्तरीय जाँच गर्न मिल्क एनालाइजर मेसिन नहुँदा परीक्षणमा समस्या भएको क्वारेन्टाइन प्रमुख डा श्रेष्ठले बताए । भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies