Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेकपा एकता प्रक्रिया : जिल्लामा नहुँदै स्थानीय तहमा धमाधम

काठमाडौं ।  नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय तहको एकता प्रक्रिया अघि बढाएको हो। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–गण्डकी, सुदूरपश्चिम, प्रदेश ३ र ५ ले जिल्ला मातहतका स्थानीय कमिटीमा एकता प्रक्रिया अगाडि बढाएको सम्बन्धित प्रदेशका पदाधिकारीले बताएका छन्। नेकपाको प्रदेश कमिटीलाई पार्टी सचिवालयले निर्णय गरे पनि स्थायी कमिटी र केन्द्रीय समितिले भने अनुमोदन गरिसकेको छैन। नेकपाको जिल्ला तहको एकता भने सबैभन्दा जटिल छ। जिल्ला नेतृत्वमा शीर्ष नेताहरूकै स्वार्थ बाझिएपछि र आफूनिकट नेतालाई जिम्मेवारी दिन खोजिएपछि एकता प्रक्रिया टुंगो लागेको छैन। ‘जिल्ला कमिटीको नेतृत्वको सवालमा पार्टी केन्द्रको निर्णय पर्खेर बसेका छौं’, प्रदेश ५ का सहइन्चार्ज दलबहादुर रानाले भने, ‘तर जिल्ला कमिटी मातहतका स्थानीय तहको एकता प्रक्रिया भने हामीले धेरै ठाउँमा धमाधम सम्पन्न गरिरहेका छौं।’ प्रदेश ५ अन्तर्गतका ३ जिल्लाबाहेक अन्य जिल्लामा स्थानीय तहका गाउँ, नगर, वडा कमिटीको एकता धमाधम भइरहेको उनले बताए। ‘सबै स्थानीय तहका पार्टी कमिटी बनाउने, कमिटीका साथीहरूको सपथ गराउने र स्थानीय तहका कार्यक्रम बनाउने गरी काम भईरहेका छन्’, उनले भने। सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पनि सुदूरपश्चिम क्षेत्रका स्थानीय तहमा पनि पार्टीले एकता प्रक्रिया थालिसकेको बताए। ‘जिल्लाको मात्रै हो एकता नटुंगिएको, तर प्रदेशका अधिकांश स्थानीय तहमा पार्टी एकता भइसकेको छ’, उनले भने, ‘जिल्लालाई मात्र केन्द्रको निर्णय पर्खेका हौं, स्थानीय तहमा प्रदेशले नै अगाडि बढाएको छ।’ ५ असोजमै दुई अध्यक्षले हस्ताक्षर गरी पार्टी पंक्तिलाई पठाएको परिपत्रमा प्रदेश पदाधिकारीलाई आफ्नो तह र मातहतको पार्टी सम्पत्ती एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणाली व्यवस्थित गर्ने, पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेलगायत अधिकार दिएको थियो। प्रदेश ३ का सचिव आनन्द पोखरेलले पनि रसुवा, सिन्धुली र दोलखाका कतिपय स्थानीय तहमा एकता प्रक्रिया अघि बढिरहेको बताए। ‘जिल्ला तहमा भैपरी आउने कामका लागि दुवै पार्टीका पदाधिकारीको कार्यदल बनाई काम गर्न निर्देशन दिएका छौं’, उनले भने, ‘स्थानीय तहमा एकता अगाडी बढाएका छौं। रसुवा, सिन्धुली र दोलखामा भने धेरैजसो स्थानीय तहमा पार्टी एकीकरणको काम सम्पन्न हुने चरणमा छ। अन्यमा पनि क्रमशः हुँुदैछ।’ तीन वटा प्रदेशमा पूर्ण बैठक नेकपा सचिवालयले असोज पहिलो साता प्रदेश पदाधिकारी र त्यसपछि मंसिर दो स्रो साता प्रदेश सदस्य चयन गरेको थियो। त्यसमा अझै नेकपाभित्र आम सहमति बन्न सकिरहेको छैन। गत पुस १३ को स्थायी समिति बैठकले योग्यता, क्षमताअनुसार प्रदेश कमिटी सदस्य छनोट भए÷नभएको हेर्नेसम्मको जिम्मेवारीसहित कार्यदल बनाएको छ। कार्यदलले यो विषयमा अझै कुनै ठोस प्रस्ताव तयार पारिसकेको छैन। तर तीन वटा प्रदेशका कमिटीको पूर्ण बैठक बसिसकेको छ। प्रदेश कमिटी सदस्यको शपथसमेत भइसकेको छ। प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठक बसिसकेको छ। ‘हाम्रो प्रदेश कमिटीको बैठक बस्यो। सदस्यको शपथ भईसकेको छ। प्रदेश कार्यालय जनकपुरमा तत्कालीन एमाले कार्यालयमा राखिएको छ। त्यसको उद्घाटन अध्यक्ष पुष्पकमल दाहालले गनुर्भयो’, प्रदेश २ का सचिव समुनराज प्याकुरेलले भने, ‘जिल्ला तहमा तत्कालीन दुवै पार्टीका २–२ जना रहेको कार्यदल बनाइएको छ। यसले गाउँ तहसम्मको एकताका लागि नामावली संकलन गरिरहेको छ। जिल्ला नेतृत्वबाहेक अन्य काम प्रदेश कमिटीको अब बस्ने बैठकले टुंगो लगाउनेछ।’ कर्णाली प्रदेशले प्रदेश कमिटीको बैठक बसेर दुईमहिने अभियानको कार्यक्रम नै बनाएको छ। सचिव मायाप्रसाद शर्माले भने, ‘प्रदेश कमिटीको बैठक बसेको छ। सदस्यले शपथ लिइसकेका छन्। दुईमहिने पार्टीका भेला प्रशिक्षण तय भएका छन्।’ स्थानीय तहको एकता भने कर्णाली प्रदेशमा खासै अघि बढेको छैन। सुदूरपश्चिम प्रदेश कमिटीले भने २० माघमा धनगढीमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। ‘पार्टीका दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा करिब १८ सय अगुवा कार्यकर्ता भेला गर्ने तयारीमा प्रदेश कमिटी लागेको छ’, अध्यक्ष थापाले भने। प्रदेश १ मा भने प्रदेश कमिटी बैठक अहिलेसम्म बसेको छैन। ‘पहिले माथिबाट सबै विषय छिट्टै मिलेर आउला अनि बसौंला भनेर पर्खेर बस्यौं, यतिका समय माथि नै लाग्छ भन्ने थाहा भएको भए बस्नु पनि हुन्थ्यो होला, केही ठेगान नै लागेन’, प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्लेले भने, ‘बैठक बसौं, नबसौं अनिर्णयमा परियो। अब भने बस्छौं होला।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: