Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

वसपार्क गोलिकाण्ड, प्रहरीले ‘हात पछाडी बाँधेर’ गोली हानेको खुलासा

काठमाडौं । ८ गते अपरान्ह एउटा समाचार भाईरल झै आयो —‘वालाजुबाट हतियार कारोवारीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो’ । साँझसम्म खुल्यो कि गोली हानि नियन्त्रणमा लिएका काभ्रे निवासी अविलास तामाङ् हतियार कारोवारी नभएर वाईसियलका काभ्रे जिल्ला इन्चार्ज थिए । [caption id=\"attachment_227297\" align=\"alignleft\" width=\"632\"]\"\" गोली प्रहारपछि शिक्षण अस्पतालमा उपचारको क्रममा तामाङ् ।[/caption] वाईसियलका काभ्रे जिल्ला इन्चार्ज भएको थाहा पाएपछि माओवादी नेताहरुले गृहमन्त्री राम बहादुर थापालाई प्रश्न उठाए । उनले प्रहरी अधिकारीहरुसँग बुझेर घटनाबारे छानविन गर्ने वचन दिए । उनै तामाङ अहिले उपचारकै क्रममा छन् र अदालतमा दिएको वयानमा उनले आफुलाई होटको कोठमा बसिरहेको अवस्थामा समातेर हतकडी लगाई गोली हानेको बताएका छन् । प्रहरी स्रोतका अनुसार तामाङ्लाई प्रहरीले गिरफ्तार गरि हतकडी लगाएर कोठबाट बाहिर निकाल्न लागेको अवस्थामा गोली हानेको थियो । हनुमान ढोका परिसरका डिएसपी होवेन्द्र बोगटीको नेतृत्वमा गएको प्रहरी टोलीबाट होटलको कोठासम्म प्रहरी निरिक्षक अनिल ठकुरीले प्रहरी टोलीलाई लगेको खुल्न आएको छ । उनै ठकुरीले हतकडी लगाईसकेपछि परिसरका प्रमुख एसएसपी बसन्त लामालाई फोन गरेर रिर्पोटिङ् गर्नुका साथै ‘के गर्ने’ भनि सोधेका थिए । लामाले गोली हान्ने आदेश दिएपछि ठकुरीको निर्देशनका एकजना प्रहरी हवल्दारले तामाङ्लाई खुट्टा उचाल्न लगाई सोही खुट्टामा गोली हानेको खुल्न आएको छ । तर हनुमान ढोका परिसरका लामा भने समातेर गोली प्रहार नभएको बताउँछन् । उनले आत्मरक्षाका लागी गोली चलाएका बताएका छन् । यो घटनाको खुलासा भईसकेपछि पूर्व माओवादी तथा वाइसिएलका नेताहरुले गृहमन्त्रालयलाई समातेर गोली हान्ने प्रहरी अधिकारीहरुलाई कारवाही गर्न दवाव दिईरहेका छन् । स्रोतका अनुसार निरिक्षक ठकुरी विगत १० वर्षभन्दा बढी समयदेखि हनुमान ढोकाको घुमुवा प्रहरी अधिकृत हुन् । उनी प्रहरी हाकिमहरुका लागी हप्ता उठाउनेदेखि लिएर गुण्डाहरुसँग पैसा उठाउने र मागेजति नदिएपश्चात ग्याङ्फाइट गराउने र इन्काउण्टर गर्नेसम्मको काम गर्छन् । प्रहरी नियमावली अनुसार एकजना प्रहरी कर्मचारी २ वर्षभन्दा बढी एकैठाउँमा बस्न मिल्दैन तर ठकुरी १० वर्षदेखि हनुमान ढोकाको घुमुवा रहिरहेका छन् । यो घटनासँगै पूर्व माओवादी नेताहरु प्रहरीको गुण्डागर्दी शैलीको खुलेर विरोधमा उत्रिएका छन् भने गृहमन्त्रायले यस घटनालाई कसरी अगाढी बढाउने भनेर अकर्मन्यतामा परिरहेको स्रोत बताउँछ । घुस मागेपछि प्रहरी असई पक्राउ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) जन्म अधिकारी घुस मागेको आरोपमा पक्राउ परेका छन्। मुद्दा मिलाइने दिने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले असई अधिकारीलाई नियन्त्रणमा लिएको हो।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending