प्रचण्डको विज्ञप्तीले नेकपामा तरंग : अब के हुन्छ ?
माघ १३ गते, २०७५ आइतवार 27th January, 2019 Sun१०:०६:०४ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गरिरहँदा सरकारका प्रवक्ता गोकुल वाँस्कोटाले भने उक्त विषयमा पार्टी र सरकारको धारणा एकै भए पनि प्रतिक्रिया भने फरक हुन सक्ने बताएका छन्।
शुक्रवार उनले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारले आधिकारिक धारणा व्यक्त गर्ने बताए।
ओली शनिवार काठमाण्डू आइपुगेका छन्। तर त्यसबारे धारणा भने दिइसकेका छैनन्। तर प्रचण्डको भनाइबारे सामाजिक सञ्जालमा विभिन्न पक्षबाट टिप्पणी भइरहेका छन्।
अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा भेनेजुएलाका विपक्षी दलका सांसद हुँवान गुएइदो राष्ट्रपति रहेको भनिएको स्वघोषित अन्तरिम सरकारलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समर्थन गर्नुलाई भेनेजुएलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप भनिएको छ। प्रचण्डले अमेरिकी कदमलाई संयुक्त राष्ट्रसङ्घीय बडापत्रमाथिको सीधा चुनौती भनेका छन्।
उनले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप र साम्राज्यवादी सत्ताकब्जाको कोसिस स्वीकार्य नहुने धारणा विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारका प्रवक्ता वाँस्कोटाले भने विश्व जनमत फरक रहेको अवस्थामा उक्त विषयबारे बुझाइ र मत फरक हुन सक्ने बताउँदै सरकारको मत पार्टीको भन्दा फरक हुनसक्ने जानकरी दिए।
‘शब्दावलीको हकमा एउटा राजनीतिक दलले जे शब्द प्रयोग गर्छ सरकारले सत्तारुढ दल हुँदा पनि त्यहि नै प्रयोग गर्छ भन्ने हुँदैन’ उनले भने ।
‘तर दृष्टिकोणमा कहीँ न कहीँ समानता भेटिन सक्छन् र कहिलेकाहिँ कूटनीतिक विषयलाई कूटनीतिक हिसाबले नै व्याख्या गर्नुपर्ने हुन्छ।’
उनले पार्टीको उक्त धारणाले नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्धमा कुनै असर नपर्ने दाबी गरे। असंलग्न परराष्ट्र नीति अख्तियार गरेको मुलुकको सत्ता हाँकेको दलले सोही अनुरूप धारणा तय गरेका कारण उक्त विषयले दुई देशबीचको सम्बन्धमाअसर नपर्ने उनले दावी गरे।
सरकारले पार्टी र दलबीचको धारणा फरक हुनसक्ने बताइरहँदा सत्तारुढ दलका कतिपय नेताहरूले भने परराष्ट्र मामिलामा सरकारले पनि पार्टीकै नीतिलाई पछ्याउनुपर्ने ठान्छन्।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टीकै नीतिमा सरकार सञ्चालन भएको अवस्थामा उक्त पार्टीको धारभन्दा सरकार फरक रूपमा जान नहुने बताउँछन्।
‘पार्टी नीतिकै अनुरूप सरकार सञ्चालन भइरहेको छ। सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेकै छ। त्यस कारण सरकारले पनि यही नीति अवलम्बन गर्छ भन्ने विश्वास छ’ उनले भने।
परराष्ट्र मामिलाका कतिपय जानकारहरूले भने सत्तारुढ दलका अध्यक्षको उक्त कदमका कारण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा असर पर्नसक्ने बताउँछन्।
भेनेजुएलाका विषयमा सरकारका प्रवक्ताले सत्तरूढ दल र सरकारको धारणा फरक हुनसक्ने बताइरहँदा कतिपय विज्ञहरू भने दाहालको विज्ञप्तिलाई हलुका रूपमा लिन नसकिने बताउँछन्।
‘यो असाधारण अभिव्यक्ति हो। सरकारले पनि यसलाई बेवास्ता गर्न सक्दैन। तर सरकारले के धारणा राख्छ भन्ने कुरा चाहिँ आधिकारिक रूपमा आउनुपर्यो’ एकजना पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाले भने।
‘विज्ञप्तिमा उल्लेख भएका कुराको भाव नमर्ने गरी कूटनीतिक रूपमा लेख्न सकिन्थ्यो’ नाम नखुलाउने सर्तमा एकजना परराष्ट्र मामिलाका जानकारले भने, ‘हामीले हलुका रूपमा लिए पनि अमेरिका लगायतका मुलुकले अभिलेख राख्ने हुँदा भविष्यमा समेत असर पर्न सक्छ।’
बीबीसी नेपालीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: