Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

फेसबुकमा सशस्त्रका एसएसपीले पूर्वराजाको आलोचना गरेकाे हुदाँ कारबाहीमा

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी कारबाहीमा परेका छन् । संगठनको एकेडेमीमा कार्यरत एसएसपी गणेश ठाडामगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - मगरसँग स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीको प्रकृति तय हुने मुख्यालयले जनाएको छ । कारबाही प्रक्रिया सुरु भएपछि मगरले फेसबुक पोस्ट हटाएका छन् । ‘सुरक्षाकर्मीले कुनै व्यक्ति तथा पार्टीको बारेमा आलोचना गर्न पाउँदैनन् । तटस्थ हुुनपर्छ,’ सशस्त्रका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल सञ्चालनबारे कार्यविधि नै बनाएर लागू गरेका छौँ ।’ केही समयअघि पनि कार्यविधिविपरीत सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गरिएको उनले बताए । स्रोतका अनुसार संगठनबारे नकारात्मक कुरा फेसबुकमा सेयर गर्ने केही अधिकृतमाथि पनि कारबाही प्रक्रिया सुरु भएको छ । राजनीतिक टिप्पणी गर्नदेखि युनिफर्म लगाएको फोटो राख्न बन्देज सशस्त्र प्रहरीमा सामाजिक सञ्जाल सञ्चालन कार्यविधिमा कडाइ गरिएको छ । सामाजिक सञ्जालमा विवादास्पद समाचार सेयर गर्न र टिप्पणी लेख्न रोक लगाएको छ । यस्तै, राजनीतिक टिप्पणी गर्न नपाइने, युनिफर्म लगाएको फोटो राख्न नपाइने, संगठनका गोप्य विषय राख्न नपाइनेजस्ता विषय कार्यविधिमा छन् । सामाजिक सञ्जाल चलाउनेको निगरानी हुने गरेको सशस्त्रका प्रवक्ता श्रेष्ठले बताए । कार्यविधि यसअघि नै निर्माण गरेर कार्यान्वयनमा ल्याइए पनि अहिले कडाइ गरिएको हो । सशस्त्र मुख्यालयले सबै कार्यालयलाई सर्कुलर गरेको छ । कार्यालयका नाम परिवर्तन सशस्त्र प्रहरीले आफ्ना कार्यालयको नाम पनि परिवर्तन गरेको छ । विगतमा विभिन्न मन्दिर तथा भगवान्का नाममा बाहिनी, गण तथा गुल्मको नाम हुने गरेकोमा संशोधन गरी नम्बरका आधारमा राख्न थालिएको छ । हिन्दूधर्मका आलोचकले भने सशस्त्र प्रहरीका कार्यालयको नाम संशोधन गरेकोमा आपत्ति जनाएका छन् । तर, कतिपय टिप्पणीबाट आफूहरू अचम्ममा परेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । ‘सेनामा जस्तै युनिट सरुवा गर्ने सिस्टम सुरु गरिएको र नम्बरका आधारमा कार्यालयको नाम राख्न थालेका हौँ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यो अन्तर्राष्ट्रिय प्रचलन नै हो, संगठनलाई फाइदा हुने देखेर नै यस्तो सिस्टम सुरु गरेका हौँ ।’ स्थानीय मन्दिरको नाममा गण–गुल्मको नाम रहने, तर त्यो कार्यालय नै अर्को प्रदेशमा सरुवा हुँदा असान्दर्भिक हुने भएकाले नम्बरका आधारमा नाम राखिएको उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending