Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एकदिवशीय क्रिकेटमा नेपालसँग यूएई फराकिलो अन्तरले पराजित

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई दोस्रो एकदिवशीय क्रिकेटमा १ सय ४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा टस जितेर नेपालले युएइलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ्गमा आएको युएई मात्र ९७ रनमा समेटियो । नेपालको सानदार जितमा सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए ।

युएइका कप्तान रन आउट भएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४२ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । भण्डारी २१, मल्ल ४४, दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ ८ र पारस खड्का २१ रनमा आउट भए ।

कप्तान पारस खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र १ सय १० रन थियो । तर आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाल्दै छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । उनी ५५ रन बनाएर पभेलियन फर्किए । करण केसीले १० बलमा १८ रन बनाए ।

सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने नट आउट १३ र ललित राजवंशी ३ रनमा नटआउट रहे । जवाफि व्याटिङमा घरेलु टोली युएईले पूरै विकेट खर्चेर १९ दशमलव ३ ओभरमा ९७ रन मात्र बनाउन सक्यो । नेपाली बलर सोमपाल कामी र संदीप लामिछाने चम्किएपछि यूएइका व्याट्सम्यान निरिह सावित भए ।

सोमपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । तीन दिवसिय श्रृंखला अब एक एकको बराबरीमा पुगेको छ । दुई देशबीचको तेस्रो एकदिवसीय खेल पर्सि सोमबार हुनेछ । त्यसपछि नेपालले युएइसँग तीन म्याचको टि ट्वेन्टी श्रृंखला खेल्नेछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: