Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

गतिहीन विद्यार्थी आन्दोलन : अखिल र अखिल क्रान्तिकारी अलग-अलग

काठमाडाैं । पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको काँडेतार तोड्ने विद्यार्थी नै थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ती विद्यार्थी संगठन अहिले पनि छन्, तर धारविहीन । न उनीहरूको विचारको धार चोटिलो छ। न सांगठनिक नक्सा मजबुत छ। उतिवेला कुनै पनि राष्ट्रिय मुद्दामा देश उचाल्न सबल विद्यार्थी  संगठन अहिले आफैँ भत्किएका छन् । अखिल र अखिल क्रान्तिकारी अलग-अलग र गतिहीन तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको ८ महिना भइसक्यो । तर, एमालेनिकट विद्यार्थी संगठन अखिल र माओवादीनिकट अखिल क्रान्तिकारी बेग्लाबेग्लै अस्तित्वमा छन्, तर गतिविहीन । हिजो पार्टीको एजेन्डा स्थापित गराउन लड्ने विद्यार्थी कोही सत्तामा पनि पुगेका छन्, कोही राजनीतिबाटै निष्क्रिय छन् । अहिलेका नेता एजेन्डा र दिशाविहीन छन् । ‘विगतमा विद्यार्थी संगठनले व्यवस्था परिवर्तनसँगै राष्ट्रियताको विषयमा संघर्ष गरे,’ अखिल क्रान्त्रिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘बदलिएको परिस्थितिमा विद्यार्थी संगठनको आन्दोलनको स्वरूप मात्र परिवर्तन भएको हो । विद्यार्थी संगठनको एकता टुंगो नलाग्दा प्रभावकारी काम गर्न सकिएको छैन ।’ याे समाचार नयाँ पत्रिकामा वीरेन्द्र ओली र रमेश सापकोटाले लेखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: