Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बालबालिका क्षेत्रमा थप लगानी वृद्धि गरिनुपर्छ– महरा

काठमाडौं ।  प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित भएका छन् । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संस्थापक अध्यक्ष थापालाई सम्मान गर्दै बालअधिकार संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्छ भने । उनले बालबालिकाको समग्र हितमा थप कानूनी तथा नीतिगत सुधारका लागि संसद्ले ध्यान दिएको जानकारी दिँदै राज्यले बालबालिका क्षेत्रमा थप लगानी बढाउनसमेत आग्रह गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको अधिकार संरक्षणमा सरकारले विशेष ध्यान दिएको चर्चा गरे । सम्मानित व्यक्तित्व थापाले आफूले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय पुरस्कार बालबालिकाको हितमा नै खर्च गरिने जानकारी दिए । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहका संयोजक सत्य पहाडी, सचिव नारदमुनि राना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, सेतो गुराँसका अध्यक्ष जयराम गिरीले प्रारम्भिक बाल विकासका क्षेत्रमा थापाले अतुलनीय योगदान दिनुभएको चर्चा गरे । हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३० हजार ४४८ बाल विकास केन्द्र सञ्चालित रहेका छन् । यस्ता केन्द्रका क्षमता अभिवृद्धि गर्न सेता गुराँसले आर्थिक एवं प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएको छ । विसं २०३६ मा स्थापना भएको सो संस्थाका संस्थापक अध्यक्ष थापाले हालै स्वीट्जल्याण्डस्थित ज्याकोब्स फाउण्डेशनले ‘क्लाउस् जे ज्याकोब्स पुरस्कार २०१८’ प्रदान गरेको थियो । सो पुरस्कारको करीब राशि रु एक करोड ३० लाख रहेको बताइएको छ । संविधानमा प्रारम्भिक बाल विकासलाई बालबालिकाको मौलिक हकका रुपमा स्थापित गरिएको छ । हाल सो संस्थाले देशका ५९ जिल्लामा प्रारम्भिक बालविकासका लागि महिला स्रोत व्यक्ति तयार गरी तालीम पैरवी गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: