Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

एसएसपी खत्रीलाई थुनामै राख्न आदेश

काठमाडाै । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ । बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश गरेको हो । संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । तर, अभियुक्तहरूले जिल्लाको आदेश बेरीत भएको भन्दै रीतपूर्वक आदेशका लागि उच्च अदालतमा निवेदन गरेका थिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधान्यायाधीशको आदेशमा उच्च अदालत विराटनगरबाट अकस्मात् न्यायपरिषद् सचिवालयमा तानिएका पाँच न्यायाधीशको इजलासबाट सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्तहरू थुनामुक्त भएका थिए । सुन तस्करी र सनम हत्या प्रकरणमा भएको सो विवादास्पद आदेशपछि न्यायाधीश सारंगा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौड्याल, नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की बिहीबार न्यायपरिषद् सचिवालय तानिएका हुन् । उनीहरूलाई उच्च अदालत विराटनगरबाटै सुविधा खाने गरी न्यायपरिषद्को सचिवालयमा काज सरुवा गरिएको छ । पाँच न्यायाधीशहरूले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरू पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई सादा तारेखमा र सुन कारोबारीहरू राजकुमार दारुका माधव भनिने मदनप्रसाद घिमिरे, आरेक भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, सञ्जय खेतान, माधव सिलवाल, रामकुमार तिवारीलगायतलाई धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश दिएका थिए । अन्तिम आदेश हुन अझै बाँकी जिल्ला अदालत मोरङले गरेको आदेश बेरितको भन्दै रितपूर्वक आदेश गराउन माग गर्दैै हालसम्म उच्च अदालतमा निवेदन गर्ने सुन तस्करी र सनम शाक्य हत्या अपराधका अभियुक्तमध्ये अझै १३ जनाको हकमा अन्तिम आदेश हुन बाँकी छ । ६ वटा इजलास भएको उच्च अदालत विराटनगरमा पाँच न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएपछि अब ६ जना न्यायाधीशले कामकाज सम्हालिरहेका छन् । जसमध्ये मुख्यन्यायाधीश कुलरन्त भुर्तेल, हरिप्रसाद बगाले, जनक पाण्डे, साधुराम सापकोटा र ऋषिराम दवाडी र हरिप्रसाद भण्डारी छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending