Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

त्रिवि शिक्षण अस्पतालकाे अनुसार डा. केसीको स्वास्थ्य कमजोर भएपनि गम्भीर नरहेकाे

काठमाडाैं । शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पताल निर्देशक प्रा.डा. प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘स्वास्थ्य जाँच गर्दा उहाँको अवस्था गम्भीर देखिएन,’ स्वास्थ्य रिपोर्टपछि डा. खड्काले भने, ‘शरीरमा रगतको मात्रा कमी छ । उहाँलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने देखिन्छ ।’ इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गरिएको छ । केसीको उपचारका लागि सातजना चिकित्सकको मेडिकल टिम गठन गरिएको छ । शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यको नेतृत्वमा टिम गठन गरिएको हो । डा. केसीका मागबारे एकजुट हुन आह्वान अनशनरत डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै विवेकशील साझा पार्टीले सबैलाई एकजुट हुन आह्वान गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले उनको मागमा एकजुट हुन सबैलाई आग्रह गरेका हुन् । ‘केसीको जीवनरक्षाका लागि उनका मागको यथाशीघ्र र यथोचित ढंगले सम्बोधन गर्न सरकार र संसद्लाई हाम्रो पार्टी जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा मूलतः राज्यको दायित्व हुनुपर्ने विवेकशील साझा पार्टीले जनाएको छ । डा. केसीको सत्याग्रहको मूल मर्म पनि यही भएकाले आफूहरूको साथ रहेको विवेकशील साझाले जनाउँदै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending