काठमाडौँ, २ माघ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङ्कङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ । पक्राउपर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । दुई वटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङ्कङ पठाउने क्रममा आज सोे चरेस फेला परेको हो । “प्याकेट जोख्दा अस्वभाविक तौल फेला परेपछि कर्मचारीले खबर गर्नुभयो, तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेला प-यो”, जोशीले भने । मेसिनले पेलेर पातलो बनाई कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४८ प्याकेट अगरबत्तीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: