Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

प्रहरीमा ‘दोहोरो’ कमान्ड

काठमाडौं । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - विधेयकको दफा १५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख छ । ‘जिल्लास्तरमा कार्यरत नेपाल प्रहरीका कर्मचारी प्रमुख जिल्ला अधिकारीको नियन्त्रण र निर्देशनमा रहनेछन्’, विधेयकको दफा १५ को ३ मा भनिएको छ, ‘नेपाल सरकारको नीति तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रही प्रदेश प्रहरीले कार्य गर्नुपर्नेछ ।’ दफा ३ कै अधिनमा रही प्रदेशको आन्तरिक मामिलासम्बन्धी विषय हेर्ने मन्त्रालयले प्रदेश प्रहरीको सामान्य नियन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ। आन्तरिक मामिला मन्त्रालयले प्रदेशमा प्रहरी परिचालन गर्छ । संविधानले नै प्रदेशमा आन्तरिक सुरक्षा व्यवस्था कायम गर्ने जिम्मा सोही मन्त्रालयलाई दिएको छ । तर संविधानविपरीत सरकारले प्रदेशमा प्रहरीमाथि संघीय नियन्त्रण कायम राख्ने गरी विधेयक बनाएपछि दुई निकायबीच प्रहरी परिचालनबारे विवाद उत्पन्न हुन सक्ने प्रहरी अधिकारीले नै आशंका गरेका छन्। ‘संविधानमा प्रदेशमा आन्तरिक सुरक्षाको जिम्मेवारी प्रदेशलाई दिने तर सरकारले प्रहरी परिचालनको जिम्मा सीडीओलाई दिने काम गर्नुहुँदैन’, नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले भने, ‘प्रदेश कार्यालयले एउटा आदेश दिने र सीडीओ कार्यालयले अर्काे आदेश दिने स्थिति देखिन्छ । यसमा सुधार गर्नुपर्छ ।’ आन्तरिक मामिला मन्त्रालयको समन्वयमा सीडीओले प्रहरी परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनले सुझाए । विधेयकको उक्त व्यवस्थाप्रति प्रदेश सरकारले पनि असन्तुष्टि जनाएका छन् । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभरि प्रहरी प्रमुख खटाउने र परिचालन प्रदेश सरकारलाई नै दिनुपर्नेमा जोड दिए । ‘योभन्दा बाहिरका कुरा आएका रहेछन् भने त्यो भोलि कार्यान्वयनमा आउँदैन । त्यसले झन् विवाद बढाउँछ’, उनले भने, ‘त्यस्तो बेला हामीले नयाँ कानुन बनाएर अघि बढ्नुपर्ने अवस्था आउँछ ।’ दफा ११ मा प्रदेश प्रहरीको सुपरीवेक्षण र जवाफदेहिता सम्बन्धमा भनिएको छ– प्रदेश प्रहरीको कार्यसम्पादनको सुपरीवेक्षण सम्बन्धित प्रदेशको आन्तरिक मामिलासम्बन्धी विषय हेर्ने मन्त्रालयले गर्नेछ र प्रदेशको प्रहरी सोही मन्त्रालयप्रति जवाफदेही हुनेछ ।’ तर सोही दफाको उपदफा २ मा भनिएको छ, ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय कानुनबमोजिम प्रदेश प्रहरीले सम्पादन गर्नुपर्ने कार्य तथा नेपाल सरकार वा प्रमुख जिल्ला अधिकारी वा नेपाल प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिएका विषयमा भएका कार्यसम्पादन सम्बन्धमा प्रदेश प्रहरीको सुपरीवेक्षण र अनुगमन नेपाल प्रहरीले समेत गर्नेछ ।’ प्रदेशमा रहने नेपाल प्रहरीको प्रमुख सरकारले तोकेको दर्जाको प्रहरी अधिकृत हुने व्यवस्था छ । प्रहरी परिचालनको हकमा अर्काे प्रदेशलाई प्रहरी आवश्यक परे गृह मन्त्रालयले समन्वय गर्ने जनाइएको छ । नेपाल प्रहरी तथा प्रदेश प्रहरीबीच समन्वय गर्न गृहमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका आन्तरिक मामिलासम्बन्धी बिषय हेर्ने मन्त्रीहरू सदस्य रहने प्रहरी समन्वय समितिको प्रावधान राखिएको छ । समितिमा गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक र गृहकै सहसचिव सदस्यसचिव रहनेछन् । अपराध अनुसन्धानको जिम्मा केन्द्रीय प्रहरीलाई दिइएको छ । अनुसन्धानमा प्रदेश प्रहरीले नेपाल प्रहरीमातहत काम गर्नुपर्ने जनाइएको छ । ऐन लागू भएपछि पहिलो पटकको हकमा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई संघीय कानूनबमोजिम समायोजन गरी वा खटाई प्रदेश प्रहरी गठन हुनेछ । प्रदेश प्रहरी संगठन समावेशी हुने व्यवस्था छ । प्रदेश प्रहरीको पोसाक सरकारले निर्धारण गरेअनुसार हुनेछ । प्रदेश प्रहरीले प्रदेशको शान्ति सुरक्षा कायम राख्ने सिलसिलामा संकलन गरेको सूचना तथा गरेका कामको मासिक प्रतिवेदन प्रदेश सरकार र नेपाल प्रहरीलाई दिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending