Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

नेकपामा प्रदेश कमिटी आकार बढाइँदै

काठमाडौं । सत्तारूढ नेकपाको संगठनात्मक कार्यदलले पार्टी प्रदेश कमिटीको आकार बढाउन विधान संशोधनको सिफारिस पार्टी ‘हेडक्वार्टर’लाई गर्ने तयारी गरेको छ । पार्टीको संगठनात्मक एकीकरण र केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलभित्र प्रदेश कमिटी चयनको मापदण्डमै फेरि विवाद बल्झेपछि ‘मध्यमार्गी प्रस्ताव’का रूपमा कमिटीको आकार बढाउन सिफारिस गर्ने तयारी कार्यदलले गरेको हो । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - कार्यदलका एक नेताका अनुसार खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले ‘एक व्यक्ति एक कार्यकारी जिम्मेवारी’को मापदण्ड प्रदेश कमिटीमा पनि अनिवार्य लागू हुनुपर्ने अडान नछाडेकाले कमिटी संख्या बढाउने तयारीमा कार्यदल पुगेको हो । कार्यदलले संगठनात्मक एकताका लागि निश्चित मापदण्ड तय गरी विगतमा बनेका अन्य ३ कार्यदलले पार्टी नेतृत्वलाई बुझाएको प्रतिवेदनलाई आधार बनाएर एकताको प्रस्ताव बनाउने तयारी गरेको थियो । तर प्रदेश कमिटीमा आफ्नो पक्ष निषेध गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । उसले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी प्रदेश कमिटीको पनि इन्चार्ज बनाएर दोहोरो कार्यकारी जिम्मेवारी दिएकोमा पार्टीमा फरक मत राखिरहेको छ । प्रदेश ५ मा यसअघिको कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाल पक्षको असन्तुुष्टि छ । कार्यदलका नेता शंकर पोखरेल नै थिए । अहिले पोखरेल नै कार्यदलमा रहेको र उनले अडान लिइरहेकाले मापदण्ड निर्माणमा अप्ठ्यारो आइलागेको नेपाल पक्षका नेताहरूको भनाइ छ । १३ पुसको स्थायी समिति बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, रघुवीर महासेठ, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुषाल रहेको कार्यदल बनाएको थियो । ९ सदस्यीय कार्यदलमा वरिष्ठ नेता नेपाल पक्षका ३ नेता छन् । नेताहरू पाण्डे, भट्टराई र भुसालले एक व्यक्ति एक कार्यकारीमा अडान लिइरहेका छन् । अब नेपाल पक्षका छुटेका नेताहरूलाई समेट्न विधान संशोधन गरी प्रदेश कमिटीको संख्या बढाउन कार्यदलले सिफारिस गर्न खोजेको कार्यदलका एक सदस्यले बताए । त्यसका लागि पार्टीको अन्तरिम विधानको धारा २६ को (ख) संशोधन गर्नुपर्ने हुन्छ । धारामा प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १ सय ५१ सदस्य (केन्द्रीय कमिटीका सदस्यबाहेक) रहने र आवश्यकताअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुई जनाका दरले सदस्य थप्न सकिने उल्लेख छ । सोही प्रावधानका आधारमा नेकपाको प्रदेश १ मा २ सय ७, प्रदेश २ मा २ सय १५, प्रदेश ३ मा २ सय १७, गण्डकी प्रदेशमा १ सय ८७, प्रदेश ५ मा २ सय ३, कर्णाली प्रदेशमा १ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ सदस्यीय कमिटी गठन भइसकेको छ । तर यो प्रावधान संशोधन गरी कमिटीको आकार बढाउन कार्यदलले सिफारिस गर्ने तयारी गरेको छ । कार्यदलले त्यस्तो सिफारिससहितको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएपछि त्यसलाई स्थायी समितिबाट पारित गराउनुपर्छ । एकता माघमा पनि मुस्किल पार्टी एकता गर्दा नै नेकपाले तीन महिनाभित्र सबै तहको एकता गरिसक्ने बताएको थिए । तर अहिलेसम्म टुंग्याइएको छैन । पछिल्लो पटक पुस मसान्तसम्म एकता गर्ने नेकपाले बताए पनि माघमा पनि मुस्किल देखिएको एक नेताले बताए । एकता प्रस्ताव तयार पार्न गठित कार्यदलले अहिलेसम्म मोडालिटी बनाउन सकेको छैन । कार्यदललाई पुस २५ भित्र प्रतिवेदन तयार पार्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्देशन दिएका थिए । तर उसले अझै प्रतिवेदन तयार गर्न बढीमा दुई साता लगाउने स्रोत बताउँछ । यसैबीच पार्टीका दुवै अध्यक्षको विदेश यात्रा पनि छ । अध्यक्ष ओली स्विट्जरल्यान्ड र अर्का अध्यक्ष दाहाल पत्नी सीताको फलोअपका लागि विदेश जाने तयारीमा रहेका कारण लगत्तै पार्टी स्थायी समिति बैठक बस्ने सम्भावना टर्दै गएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending