Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कर्णालीमा बढ्दै मातृ मृत्युदर

वीरेन्द्रनगर । गुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आउनुभएकी उहाँको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो । “सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,” गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भने । यस्तै सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रदेश अस्पतालमा ज्यान गयो । गत जेठ २६ गते प्रदेश अस्पतालमा भिडियो एक्सरे गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रै देखिएको थियो । सोही दिन राति एक्कासि सुत्केरी व्यथाले च्यापेपछि उनलाई अस्पताल लगियो । राति १ बजे शल्यक्रिया गरेपछि उहाँको मृत्यु भएको निशाकी दिदी सुनकेशा परियारले बताए । “भिडियो एक्सरे गर्दा चिकित्सकले आमा र बच्चाको अवस्था राम्रै छ भनेपछि हामीले अन्यत्र लगेनौँ”, उनले भने, “एक्कासि चिकित्सकले बच्चा मरेको छ शल्यक्रिया गर्नुपर्छ भने । पछि आमालाई बचाउन सकिएन भने ।” चिकित्सकको लापर्वाहीले बहिनीको ज्यान गएको उहाँको आरोप छ । जिल्लामा रहेका स्वास्थ्य संस्थामा हुने यस्ता खालका लापर्वाहीबाट सुत्केरीको ज्यान जाने गरेको छ । पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन् । कतिपयको स्वास्थ्य संस्थामा पु¥याउने क्रममा बाटोमै ज्यान जाने गरेको छ । यस्तैमध्येकी हुन् सुर्खेतकी कविता परियार । समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा परियारको मृत्यु भयो । सुत्केरी व्यथा लागेपछि जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाउने क्रममा उहाँको मृत्यु भएको स्थानीयवासी निर्मला केसीले बताए । उनले भारतमा गएर असुरक्षित गर्भपतन गराएकी थिइन । नजिकको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि उहाँलाई जिल्ला बाहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । चिकित्सकको लापर्वाहीले होस् या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा वर्षेनी कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ । पाँच वर्षयता कर्णाली प्रदेशमा ११५ महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार आव २०७०÷७१ मा ३३, २०७१÷७२ मा १४, २०७२÷७३ मा १३, २०७३÷७४ मा १८ तथा आव २०७४÷७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन् । सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ । नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिकको विश्वास हुँदैन । सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठ बताउछन् । पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्का बताउछन् । “भारत गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ, यसले सुत्केरी अवस्थामा जटिलता ल्याउने गरेको छ,” उहाँले भने, “यस क्षेत्रमा रक्तअल्पताका कारण तथा समयमै स्वास्थ्य संस्थामा नजाँदा महिलाको ज्यान जाने गरेको छ ।” सुत्केरी बचाउन हेलिकप्टर चार्टर कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन थालेको छ । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो । प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ । कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल पु¥याएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । “कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हाँै” उनले भने, “अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।” पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताए । कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पु¥याउन थालिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending