Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

शंकास्पद भिसामा नेपाल छिरेका दुई नाइजेरियाली पक्राउ

काठमाडौं । शंकास्पद प्रवेशाज्ञा (भिसा) वाहक दुई नाइजेरियाली पक्राउ परेका छन्। नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद देखिएपछि नेपाल प्रवेश गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई समातेका हुन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्। नाइजेरियाली नागरिक नेपाल आउन नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा कन्सुलेट कार्यालयबाट भिसा लिनुपर्छ। त्रिवि अध्यागमन कार्यालयले गत शुक्रबार र शनिबार नाइजेरियाली नागरिक ओनुओरा नेवेचुकवा र अजम एन्थोनीलााई नियन्त्रणमा लिएको हो। नाइजेरियाका नागरिक विगतमा लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा समेत संलग्न भएको पाइएको थियो। केही दिनअघि थाइल्यान्डको अध्यागमनले नेपालको नक्कली भिसा प्रयोग गरेका तीन टर्किस नागरिकलाई फिर्ता गरेको थियो। भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका एकै परिवारका उनीहरू बैंकक जाने क्रममा त्यहाँको विमानस्थलबाटै फिर्ता भएका थिए। उनीहरूले प्रयोग गरेको ग्रिसको राहदानीमा नेपालको नक्कली भिसा स्टिकर थियो। उनीहरूले समेत आफूहरूले भारतमा नेपाली भिसा लिएको बताएका थिए। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान भइरहेको छ। समातिएका दुई नाइजेरियाली अध्यागमन विभागको हिरासतमा छन्। उनीहरूसमेत नेपालको नक्कली भिसा प्रयोगकर्ता हुन्। कतार एयरलाइन्सबाट काठमाडौं ओर्र्लिएका उनीहरूलाई त्रिवि अध्यागमनका डेस्क अधिकृतले नेपाली भिसा शंकास्पद रहेको भन्दै पक्राउ गरेका थिए। उनीहरूको राहदानीमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावास र केन्याको नैरोवीबाट नेपाली भिसा जारी भएको देखिएको छ। तर उनीहरूले प्रयोग गरेको नेपाली भिसा नक्कली भएको त्रिवि अध्यागमनका एक अधिकृतले बताए। उनीहरूको राहदानीमा भएको नेपाली भिसा नेपाली दूतावास वा कन्सुलेट कार्यालयले जारी नगरेको ती अधिकृतले बताए। तर नेपालको जाली भिसा कहाँ र कसले बनाउँछ भन्नेबारेसमेत खुलेको छैन। उनीहरूको राहदानीमा भएको नेपाली भिसा प्रचलित भिसाभन्दा फरक प्रकृतिको छ। अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान थालेको छ। जाली राहदानीमा नेपाल प्रवेश गर्न खोज्नुले उनीहरूको यात्रासमेत शंकास्पद देखिएको छ। नेपालको जाली भिसा प्रयोग गर्नुले उनीहरू कतै आपराधिक गतिविधिमा संलग्न व्यक्ति त होइनन् भन्ने प्रश्न उब्जाएको छ। एजेन्टको सहयोगमा आफूहरूले नेपाली भिसा लिएको उनीहरूले प्रारम्भिक बयान दिएका छन्। मेसिन रिडेबल भिसा नहुँदा कैयौं विदेशीले नेपालको जाली भिसामा विभिन्न मुलुक ओहोरदोहोर गरेको पाइएको छ। गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट सबै विधामा मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरिसकेको छ।नाइजेरियाली राहदानीमा नक्कली भिसा नाइजेरियाका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending