Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

प्रचण्डको भावुक भाषण ! किन भने यस्तो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले ठक्कर र अग्निपरीक्षाबाट नै नेता जन्मिने बताएका छन् । शनिबार उपन्यासकार भगवती ढुङ्गेलको पुस्तक बिमोचन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । उपन्यास बिमोचन गर्दै प्रचण्डले भने, ‘पार्टी र नेता जनताले तयार पार्छ । जनताले धेरै ठक्कर दिएपछि, अग्निपरीक्षामा हालेर नेता जन्माउँछ’ प्रचण्डले भने, ‘नेताले जीवन र जनताका विभिन्न उतारचढाव भोग्दछ । उसले आफू भित्रबाट र अझ आफू मध्येबाट नै नेता बनाउँछ, साहित्यकार र राजनीतिज्ञ पनि त्यसरी नै जन्मिन्छ ।’ राजनीतिमा लाग्नेहरुले अनुभूतिको पक्षबाट आफ्नो जीवनको प्रारम्भ गर्छन् । कुनै पनि नेताले जनताको अनुभूतिको तहबाट, उनीहरुको भावनाको तहबाट बुझ्न सकेन भने त्यसले समाज रुपान्तरणको नेतृत्व गर्न सम्भव हुँदैन । ‘निरस प्रवृत्तिले राजनीतिक आन्दोलनको नेतृत्व गर्न सकिँदैन’ प्रचण्डले भने, ‘राजनीतिले सबै पक्षको समग्र नेतृत्व गर्छ । साहित्यले भावनात्मक दृष्टिबाट राजनीतिक आन्दोलनमा सहयोग गर्छ । साहित्य र राजनीति समाज रुपान्तरणका लागि अलग धारबाट सँगसँगै हुन्छन् ।’ ‘जनताका सबै भावनात्मक पक्षलाई समेटेर मात्र, त्यसलाई कलात्मक अभिव्यक्ति दिएर मात्र साहित्य जीवन्त हुन्छ’ उनले भने, ‘युवा उपन्यासकार भगवती ढुङ्गलले पनि पितृसत्ताका विभिन्न पक्ष उपन्यासमा उल्लेख गर्नुभएको छ । उपन्यासले पुरुषको आधिपात्य, दम्भ र अहङ्कारले महिलालाई कसरी प्रताडित गर्छ भन्ने विम्ब बोलेको छ ।’ ‘अहिले महिला स्वतन्त्रताको चरणमा छन् । उनीहरु आफूमाथि भएका यातना, प्रताडना विरुद्ध लड्न तयार छन्’ प्रचण्डले भने, ‘विग फाइभमध्ये विग थ्री’ महिला त्यसै भएको होइन, यसमा राजनीतिक आन्दोलनको ठूलो योगदान छ । राज्यका सबै तहमा महिलाहरुको बलियो प्रतिनिधित्व भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहमा महिलाको महत्वपूर्ण सहभागिता छ ।’ पार्टीहरुले आफ्ना कमिटीमा ३३% महिला सहभागी बनाउनैपर्छ’ प्रचण्डले भने, ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ । हामीले निर्वाचन आयोगमा हामीले ३३ प्रतिशत पुर्याउँछौ भनेका छौं । हामीले आगामी अधिवेशनबाट ३३% प्रतिनिधित्व पुर्याउँछौं । यसले व्यवहारिक रुपमै महिलाहरुलाई शक्तिशाली र समान बनाउनेछ ।’ शिक्षा, स्वास्थ्य र रोजगारी प्रत्येक नागरिकको मौलिक हक भएको प्रचण्डले बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीलाई हामीले संविधानमा मौलिक हकको रुपमा राखिएको थियो । तर, असोज ३ गतेपछि ती सबै कानूनमा फेरिएका छन् । अब कसैले अदालतमा मुद्धा हाले राज्यले हार्छ, राज्यले नागरिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।’ ‘संविधानमा ठूलाठूला कुरा लेखिएको छ । तर, त्यसलाई जीवन व्यवहारमा फेर्ने कुराचाहिँ अलि फरक रहेछ’ प्रचण्डले भने, ‘यो सजिलो कुरा रहनेछ । यो हाम्रो सोंच र आचरणमा पनि भर पर्छ । संविधानमा लेख्दैमा जनताको चेतनाको तह बलियो भएन भने त्यो लागू हुँदैन । संविधानलाई सोचमा बदल्न सकिएन भने संविधान कागजको टुक्रा बन्न पुग्दछ ।’ ‘साहित्यले जनतालाई भित्रैदेखि उद्देलित गर्छ । राजनीति आवेगात्मक र क्षणिक हुन्छ, साहित्य भावनात्मक र दीर्घकालीन हुन्छ’ प्रचण्डले भने, ‘भावात्मक चेतना बलियो गरी समातिएको छ भने त्यो साहित्य जीवन्त हुन्छ । अहिलेका धेरै साहित्यकारहरुले समाज रुपान्तरणको पक्षमा जीवन्त साहित्य रचना गर्न थालेका छन्, यो खुसीको कुरा हो ।’ ‘कला कलाका लागि भन्नेहरुको पनि उद्देश्य छ । उनीहरुले सम्भ्रान्त वर्गको सेवा गर्छन्’ प्रचण्डले भने, ‘त्यसले उद्देश्यबिहीनता र लक्ष्यबिहीनतातिर लैजान्छ । त्यो नै उनीहरुको उद्देश्य हो । अज्ञानताले कहिल्यै पनि जनताको सेवा गर्र्दैन । ज्ञानको चेतना, ज्ञानको ज्योतिबिना जनताको सेवा गर्न सकिँदैन । उन्नत चेतनाले मात्र जनताको सेवा गर्न र जनतालाई समृद्ध बनाउन सकिन्छ ।’ ‘मानिसहरुलाई पछाडिबाट धकेलेर डोर्याउन सकिँदैन । अगाडिबाटै नेतृत्व र अगुवाई गर्नुपर्छ’ प्रचण्डले भने, ‘हामीले शिक्षा र स्वास्थ्यको प्रवन्धसहित रोजगारीको वातावरण सिर्जना गर्न सक्यौं भने अबको दश वर्षमा धेरै परिवर्तन गर्न सकिन्छ । मैले पनि अबको बाँकी जीवन त्यसैका लागि खर्चिने संकल्प गरेको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending