Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

धनगढी । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा काँकडभिट्टाले सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाएका थिए। श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए। २६औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए। ४१औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए। विशाल राईको पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटीले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन्। ६१औं मिनेटमा काँकडभिट्टा अग्रता लिनबाट चुक्यो। विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन्। खेलको तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अग्रता लियो। कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले डीबक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरूप नभए पनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए। उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे। काँकडभिट्टाले फाइनल प्रवेशका लागि थ्रीस्टार र च्यासलबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। आइतबार मनाङ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending