Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

किन भुमिगत छ नेकपाको एकता कार्यदलको काम कारवाही ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकी एकतासम्बन्धि काम सम्पन्न गर्न निर्माण गरेको उच्चस्तरिय कार्यदलको काम कारवाही भुमितगत जस्तै छ । स्थायी समितिबाट निर्माण भएको ९ सदस्यि कार्यदललाई गत पुष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको समयसिमा तोकी एकता सम्बन्धि ठोस प्रस्ताव र कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । एकता सम्बन्धि कार्यदलले घनिभुत रुपमा काम गरिरहेको भएपनि बाहिर लैजाँदा बनिसकेका सहमतिहरु भत्किने लगायत अनावश्यक दवाव आउने सम्भावनालाई ख्याल भुमिगत कार्यशैली अपनाइएको देखिन्छ । चौथो कार्यदल सत्तारुढ दल नेकपाले एकताका लागी गठन गरेको यो चौथौ कार्यदल हो । पहिलो चरणमा तात्कालिन एमाले र माओवादीको स्थायी समिति सदस्य तथा प्रदेश संयोजक रहेका नेताहरु रहेको कार्यदल बनेको थियो । सो कार्यदलले भदौको पहिलो साताभित्र जिल्लाको नेतृत्व कसरी बाँडफाँड गर्ने भन्ने बारेमा सफिारिश गरेको थियो । यसैगरी जनवर्गिय संगठनहरुको एकिकरणका लागी इन्चार्ज तथा अध्यक्षहरु रहेको अर्को कार्यद लबनेको थियो । यो कार्यदलले एकतासम्बन्धि ठोेस योजना बनाउन नसकेपछि आलोचना सहित भंग गरिएको थियो । प्रदेश तहको कार्यदलभित्र जिल्लाका दुवै पार्टीका मुख्य नेताहरु रहेको अर्को कार्यदल बनाई जिल्ला सदस्यहरुको सिफारिश गरिएको थियो । कोको छन् कार्यदलमा ? एकता कार्यदलमा नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् । केके गर्छ कार्यदलले ९ सदस्यीय कार्यदलका लागी पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका लागी विधि र समान नीति एंव मापदण्ड तयार गर्ने जिम्मेवारी पाएको छ । मापदण्डमाथि छलफल गरिरहेको कार्यदलले सुरुमा मापदण्ड अध्यक्षद्वयबाट पारित गराउनुको साथै सोही मापदण्डको आधारमा एकतासम्बन्धि ठोस योजना निर्माण गर्छ । के गरिरहेछ कार्यदल कार्यदलका एक सदस्यका अनुसार १० दिन समयसिमा पाएको कार्यदल शुक्रबारबाट छलफलमा जुटेको छ । मापदण्ड निर्माणका सवालमा छलफल गरिरहेको कार्यदलले शुक्रबार र शनिबार दिनभर छलफल गरेको थियो भने आइतबार विहानैबाट पुन बसिरहेको छ । तर कार्यदलमा भएको सहमति र छलफलका विषय बाहिर नपठाउने पार्टीको निर्देशन भएका कारण पूर्णरुपमा भुमिगत शैलिमा कार्यदलले काम गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: