Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

किन भुमिगत छ नेकपाको एकता कार्यदलको काम कारवाही ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकी एकतासम्बन्धि काम सम्पन्न गर्न निर्माण गरेको उच्चस्तरिय कार्यदलको काम कारवाही भुमितगत जस्तै छ । स्थायी समितिबाट निर्माण भएको ९ सदस्यि कार्यदललाई गत पुष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको समयसिमा तोकी एकता सम्बन्धि ठोस प्रस्ताव र कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । एकता सम्बन्धि कार्यदलले घनिभुत रुपमा काम गरिरहेको भएपनि बाहिर लैजाँदा बनिसकेका सहमतिहरु भत्किने लगायत अनावश्यक दवाव आउने सम्भावनालाई ख्याल भुमिगत कार्यशैली अपनाइएको देखिन्छ । चौथो कार्यदल सत्तारुढ दल नेकपाले एकताका लागी गठन गरेको यो चौथौ कार्यदल हो । पहिलो चरणमा तात्कालिन एमाले र माओवादीको स्थायी समिति सदस्य तथा प्रदेश संयोजक रहेका नेताहरु रहेको कार्यदल बनेको थियो । सो कार्यदलले भदौको पहिलो साताभित्र जिल्लाको नेतृत्व कसरी बाँडफाँड गर्ने भन्ने बारेमा सफिारिश गरेको थियो । यसैगरी जनवर्गिय संगठनहरुको एकिकरणका लागी इन्चार्ज तथा अध्यक्षहरु रहेको अर्को कार्यद लबनेको थियो । यो कार्यदलले एकतासम्बन्धि ठोेस योजना बनाउन नसकेपछि आलोचना सहित भंग गरिएको थियो । प्रदेश तहको कार्यदलभित्र जिल्लाका दुवै पार्टीका मुख्य नेताहरु रहेको अर्को कार्यदल बनाई जिल्ला सदस्यहरुको सिफारिश गरिएको थियो । कोको छन् कार्यदलमा ? एकता कार्यदलमा नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् । केके गर्छ कार्यदलले ९ सदस्यीय कार्यदलका लागी पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका लागी विधि र समान नीति एंव मापदण्ड तयार गर्ने जिम्मेवारी पाएको छ । मापदण्डमाथि छलफल गरिरहेको कार्यदलले सुरुमा मापदण्ड अध्यक्षद्वयबाट पारित गराउनुको साथै सोही मापदण्डको आधारमा एकतासम्बन्धि ठोस योजना निर्माण गर्छ । के गरिरहेछ कार्यदल कार्यदलका एक सदस्यका अनुसार १० दिन समयसिमा पाएको कार्यदल शुक्रबारबाट छलफलमा जुटेको छ । मापदण्ड निर्माणका सवालमा छलफल गरिरहेको कार्यदलले शुक्रबार र शनिबार दिनभर छलफल गरेको थियो भने आइतबार विहानैबाट पुन बसिरहेको छ । तर कार्यदलमा भएको सहमति र छलफलका विषय बाहिर नपठाउने पार्टीको निर्देशन भएका कारण पूर्णरुपमा भुमिगत शैलिमा कार्यदलले काम गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending