Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

लगानीकर्तालाई छैन फाइदा : कमजोर जलविद्युत् कम्पनीको आइपिओ

काठमाडौ । यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरीद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत रु २३ करोड छ । कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रुपमा कमजोर रहेका कम्पनीको शेयर खरीद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन । गत भदौमा कालिका पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर बिक्री ग¥यो । सो कम्पनीको शेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता रु १०० मा खरीद बिक्री भइरहेको छ । सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा शेयरको अवस्था दुरुहपूर्ण रहेको छ । यस्तै इस्र्टन हाइड्रोपावर कम्पनीले पनि ग्रेड पाँच पाएको छ । सो कम्पनीले पनि निकट भविष्यमा नै साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै केही समय पहिले दोलखा र रामेछापवासीलाई साधारण शेयर बिक्री गरेको हिमालयन ऊर्जा विकास कम्पनीको पनि इक्रा नेपालले रेटिङ ग¥यो । सो कम्पनीले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार प्रदान ग¥यो । सो कम्पनीले आयोजना प्रभावितलाई नौ लाख ९० हजार कित्ता साधारण शेयर बिक्री ग¥यो । आयोजना प्रभावितले शेयर आवेदनमा उल्लेख्य सहभागिता पनि जनाए । सो कम्पनीलाई धितोपत्र बोर्डले गत असोज २ गते साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । यस्तै इलाममा आयोजनास्थल रहेको जोशी हाइड्रोपावरले पनि बोर्डबाट साधारण शेयर बिक्रीको अनुमति पायो । स्थानीय आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा उल्लेख्य सहभागिता नपाएको सो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा भने राम्रै सहभागिता पायो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै ग्रेड पाँच पाएको छ । बोर्डले चालू आवको हालसम्म विभिन्न नौ जलविद्युत् कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा गत मङ्सिर २७ गते साधारण शेयर बिक्रीको अनुमति पाएको युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६१० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । यस्तै शिवश्री हाइड्रोपावरले पनि आयोजना प्रभावितलाई पहिलो चरणमा साधारण शेयर बिक्री गर्दैछ । सो कम्पनीले आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री गर्नेछ । यस्तै हालैमात्र शेयर बिक्रीको अनुमति पाएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै यही पुस १७ गते साधारण शेयर बिक्रीको अनुमति पाएका ग्रीनलाइफ हाइड्रोपावरले रु १८ करोड बराबरको १८ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै बोर्डमा अनुमतिको प्रतीक्षामा १२ जलविद्युत् कम्पनी रहेका छन् । ती कम्पनीले पनि ढिलो चाँडो साधारण शेयर बिक्रीको अनुमति पाउने छन् । त्यसमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीबाहेक अरु सबै कम्पनी निजी क्षेत्रले लगानी गरेका हुन् । इक्रा नेपाल र केयर नेपालको रेटिङलाई मान्ने हो भने अनुमति पाएका र अनुमतिको प्रतीक्षामा रहेका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था सन्तोषजनक देखिँदैन । साधारण शेयरमा लगानी गर्नेले नाफा कमाउनसमेत लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ । शेयर विश्लेषक निरव पुडासैनीका अनुसार धितोपत्र बजारमा शेयरको मूल्य बढ्ने अवस्थामा लगानीकर्ताले नाफा पाउन सक्ने अवस्था रहन्छ तर तत्कालका लागि पनि वित्तीय अवस्था खराब रहेका कम्पनीबाट शेयर लगानीकर्ताले भने प्रतिफल पाइहाल्ने अवस्था भने रहँदैन । बजार पूँजीकरण वृद्धि भएको अवस्थामा शेयरलगानीकर्तालाई केही नाफा भने हुनसक्ने टिप्पणी गर्दै उहाँले जलविद्युत् कम्पनीको हकमा भने प्रसारण लाइन र अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने विषयले पनि अर्थ राख्ने बताउनुभयो । यस्तै शेयर बजारका अर्का जानकार प्रकाश तिवारी पनि कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्दा लगानीकर्तालाई तत्काल कुनै फाइदा नहुने बताउनुहुन्छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेका र चालू आवमा शेयर बिक्री गरेका कम्पनीमध्ये करीब ६६ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको नै छ । ती कम्पनीको वित्तीय अवस्था कमजोर त छँदैछ । त्यसमाथि पनि केही आयोजनाले तोकिएअनुसारको विद्युत् उत्पादनसमेत गर्न सकेका छैनन् । आयोजनाको लागतसमेत अस्वभाविक रुपमा बढी रहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई सहजरुपमा नाफा कमाउने अवस्था भने कमजोर नै हुने तिवारीको टिप्पणी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending