Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

वाइडबढी प्रकरणमा संसदीय समितिमाथि सरकारको आशंका : एकले अर्कालाई नटेरे के हुन्छ ?

काठमाडौं ।  सरकारले संघीय संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथि आशंका व्यक्त गरेको संकेत दिएको छ । सार्वजनिक लेखा समितिले वाइड बडी खरिद प्रकरणमा भ्रष्टाचार भए नभएको यकीन गर्न गठन गरेको छानबीन उप समितिको रिपोर्ट सार्वजनिक भएपछि सरकारले बेग्लै छानबीन समिति बनाउने औपचारिक घोषणा गरेको छ । यसबाट संघीय संसदको समिति र सरकारबीच द्वन्द्व र अविश्वास सिर्जना हुने देखिएको छ । दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले सोही संसदको महत्वपूर्ण समितिको निर्णयमाथि आशंका गर्ने अवस्थालाई सहज मान्न सकिँदैन । यद्यपी सरकारले विषयबस्तुलाई अझ गम्भीरतापूर्वक लिई प्रधानमन्त्रीकै शब्दमा जरा जरा केलाउने आशयले नयाँ अनुसन्धान गर्ने कुरा भने अस्वभाविक हुँदैन । वाइड बडीमा भ्रष्टाचारको विषय नौलो थिएन । सरकारले यो विषयले चर्चा पाउने बित्तिकै तदारुकताका साथ उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्नुपथ्र्यो । त्यो स्थितिमा सार्वजनिक लेखा समितिले उपसमितिमार्फत छानबीन गरेपनि यो प्रकारको द्वन्द्वको अवस्था देखिने थिएन । तर अहिले सरकारले उपसमितिले प्रतिवेदन बुझाएपछि सरकारले अनुसन्धान गर्ने बताएपछि यसले जटिलता निम्त्याउन सक्ने आँकलन गरिएको हो । उपसमितिले लेखा समितिमा बुझाएको प्रतिवेदन लेखा समितिको बैठकबाट अनुमोदन अझैसम्म भएको छैन । लेखा समितिको पूर्ण बैठकले उक्त प्रतिवेदन अनुमोदन गरेको खण्डमा सरकारको छानबीन समितिले दिने प्रतिवेदन बाझियो भने थप समस्या निम्तिन सक्छ । संसदीय व्यवस्थामा सरकार व्यवस्थापिका संसदप्रति उत्तरदायी हुने अवस्थामा पनि संसदीय समितिको प्रतिवेदनलाई पूर्णरुपमा उपेक्षा गर्न सरकारलाई सहज र नैतिक हुने देखिन्न । लेखा समितिको प्रतिवेदन र भोली सरकारको न्यायिक छानबीन समितिको प्रतिवेदनमा तथ्यहरु आपसमा बाझिए भने त्यसपछिको अवस्था के हुन्छ भन्ने अनुमान गर्न सकिन्न । उप समितिको प्रतिवेदनले वर्तमान सरकारका पर्यटन तथा संस्कृति मन्त्रीलाई समेत कसुरको भागीदार ठहर गरेको छ । यद्यपी मन्त्रीले भने यो कुरा अस्वीकार गर्दै आएका छन् । सरकारले अहिलेको प्रतिवेदनमा केही कुरा अष्पष्ट या आधरहीन या तथ्यहीन भए त्यसका बारेमा बेग्लै धारणा बनाउन सक्छ । त्यसो भएमा लेखा समितिले यसलाई अनुमोदन गर्नु अघि ती कुराहरु सच्याउने अवस्था रहन्छ । तर फेरी अनुसन्धान गर्ने अभ्यासले यो प्रकरण अझै केही महिना लम्बिने देखिन्छ । वाईड बडीमा राज्यकै प्रमुख लेखा नियन्त्रकको जिम्मेवारी बोकेको निकायले नै बेरुजु भनेर भनिसकेको अवस्था र संसदीय समितिले समेत भ्रष्टाचार ठहर गरेको अवस्थामा यी मूलभूत तथ्यलाई तलमाथि गर्न सम्भव छैन । को कति कसुरदार भन्ने विषयमा मात्र नयाँ समितिको राय आउन सक्छ । सरकारले के कति कारणले नयाँ अनुसन्धान गर्न लागेको भनेको छैन । सरकारका तर्फबाट पनि स्वतन्त्र अनुसन्धान हुँदा वास्तविकता झन बलियोरुपमा सार्वजनिक भने हुन सक्छ । कतिपय तथ्यहरु अझै स्पष्टरुपमा अगाडि आउन सक्छन् । सरकारको यो निर्णयको आलोचना नै गर्नु भने जायज देखिन्न । तर सरकारले लेखा समितिलाई उपेक्षा गरेर नयाँ ढंगले अनुसन्धान गर्ने आशयको सन्देश सार्वजनिक हुनु पनि राम्रो होइन । यो विषयमा समेत विशेष ध्यान दिएर वाइड बडीका जरा जरा केलाउन सके यो विषयमा छाएको आशंका र अन्यौलको बादल हटन सक्छ ।

वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन

सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ ।

संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो । उक्त समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा रु चार अर्ब ३५ करोड अनियमितता भएको सो उपसमितिले जनाएको थियो ।
-एभरेष्ट दैनिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: