Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

वाइडबढी प्रकरणमा संसदीय समितिमाथि सरकारको आशंका : एकले अर्कालाई नटेरे के हुन्छ ?

काठमाडौं ।  सरकारले संघीय संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथि आशंका व्यक्त गरेको संकेत दिएको छ । सार्वजनिक लेखा समितिले वाइड बडी खरिद प्रकरणमा भ्रष्टाचार भए नभएको यकीन गर्न गठन गरेको छानबीन उप समितिको रिपोर्ट सार्वजनिक भएपछि सरकारले बेग्लै छानबीन समिति बनाउने औपचारिक घोषणा गरेको छ । यसबाट संघीय संसदको समिति र सरकारबीच द्वन्द्व र अविश्वास सिर्जना हुने देखिएको छ । दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले सोही संसदको महत्वपूर्ण समितिको निर्णयमाथि आशंका गर्ने अवस्थालाई सहज मान्न सकिँदैन । यद्यपी सरकारले विषयबस्तुलाई अझ गम्भीरतापूर्वक लिई प्रधानमन्त्रीकै शब्दमा जरा जरा केलाउने आशयले नयाँ अनुसन्धान गर्ने कुरा भने अस्वभाविक हुँदैन । वाइड बडीमा भ्रष्टाचारको विषय नौलो थिएन । सरकारले यो विषयले चर्चा पाउने बित्तिकै तदारुकताका साथ उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्नुपथ्र्यो । त्यो स्थितिमा सार्वजनिक लेखा समितिले उपसमितिमार्फत छानबीन गरेपनि यो प्रकारको द्वन्द्वको अवस्था देखिने थिएन । तर अहिले सरकारले उपसमितिले प्रतिवेदन बुझाएपछि सरकारले अनुसन्धान गर्ने बताएपछि यसले जटिलता निम्त्याउन सक्ने आँकलन गरिएको हो । उपसमितिले लेखा समितिमा बुझाएको प्रतिवेदन लेखा समितिको बैठकबाट अनुमोदन अझैसम्म भएको छैन । लेखा समितिको पूर्ण बैठकले उक्त प्रतिवेदन अनुमोदन गरेको खण्डमा सरकारको छानबीन समितिले दिने प्रतिवेदन बाझियो भने थप समस्या निम्तिन सक्छ । संसदीय व्यवस्थामा सरकार व्यवस्थापिका संसदप्रति उत्तरदायी हुने अवस्थामा पनि संसदीय समितिको प्रतिवेदनलाई पूर्णरुपमा उपेक्षा गर्न सरकारलाई सहज र नैतिक हुने देखिन्न । लेखा समितिको प्रतिवेदन र भोली सरकारको न्यायिक छानबीन समितिको प्रतिवेदनमा तथ्यहरु आपसमा बाझिए भने त्यसपछिको अवस्था के हुन्छ भन्ने अनुमान गर्न सकिन्न । उप समितिको प्रतिवेदनले वर्तमान सरकारका पर्यटन तथा संस्कृति मन्त्रीलाई समेत कसुरको भागीदार ठहर गरेको छ । यद्यपी मन्त्रीले भने यो कुरा अस्वीकार गर्दै आएका छन् । सरकारले अहिलेको प्रतिवेदनमा केही कुरा अष्पष्ट या आधरहीन या तथ्यहीन भए त्यसका बारेमा बेग्लै धारणा बनाउन सक्छ । त्यसो भएमा लेखा समितिले यसलाई अनुमोदन गर्नु अघि ती कुराहरु सच्याउने अवस्था रहन्छ । तर फेरी अनुसन्धान गर्ने अभ्यासले यो प्रकरण अझै केही महिना लम्बिने देखिन्छ । वाईड बडीमा राज्यकै प्रमुख लेखा नियन्त्रकको जिम्मेवारी बोकेको निकायले नै बेरुजु भनेर भनिसकेको अवस्था र संसदीय समितिले समेत भ्रष्टाचार ठहर गरेको अवस्थामा यी मूलभूत तथ्यलाई तलमाथि गर्न सम्भव छैन । को कति कसुरदार भन्ने विषयमा मात्र नयाँ समितिको राय आउन सक्छ । सरकारले के कति कारणले नयाँ अनुसन्धान गर्न लागेको भनेको छैन । सरकारका तर्फबाट पनि स्वतन्त्र अनुसन्धान हुँदा वास्तविकता झन बलियोरुपमा सार्वजनिक भने हुन सक्छ । कतिपय तथ्यहरु अझै स्पष्टरुपमा अगाडि आउन सक्छन् । सरकारको यो निर्णयको आलोचना नै गर्नु भने जायज देखिन्न । तर सरकारले लेखा समितिलाई उपेक्षा गरेर नयाँ ढंगले अनुसन्धान गर्ने आशयको सन्देश सार्वजनिक हुनु पनि राम्रो होइन । यो विषयमा समेत विशेष ध्यान दिएर वाइड बडीका जरा जरा केलाउन सके यो विषयमा छाएको आशंका र अन्यौलको बादल हटन सक्छ ।

वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन

सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ ।

संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो । उक्त समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा रु चार अर्ब ३५ करोड अनियमितता भएको सो उपसमितिले जनाएको थियो ।
-एभरेष्ट दैनिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending