काठमाडौं । खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गरेकी छन् । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गरेकी हुन् । मन्त्री मगरले बागमती नदीलाई पूरै सफा बनाइने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिंगै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ ।”
उनले थप जोड दिंदै भनिन्, “पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं । यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी गरेका छौं । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।”
बागमतीमा सफा पानी बग्न र वातावरणलाई स्वस्थ बनाउने अभियान अघि बढिरहेको बताउँदै मन्त्री मगरले पहिलो चरणमा गरिएको यस प्रशोधनले कोड्कु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबिघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने स्पष्ट पारिन् ।
उनले फोहोर पानीको प्रशोधनपछि बागमतीमा कञ्चन पानी बग्ने, उक्त पानी करेसाबारी, सिँचाइ, सडक सरसफाइ, लुगा धुने लगायतका काममा प्रयोग हुने बताइन् । सम्बोधनमा उनले भनिन्, “पहिलो चरणमा तीनवटा केन्द्रलाई लक्षित गरिए पनि पानी प्रशोधनको हाम्रो अभियानले सिङ्गो बागमतीको मुहार फेर्नेछ, त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र मन्त्रालयले दुरदृष्टिका साथ काम गरिरहेको छ । मेलम्ची खानेपानी आयोजना मार्फत् शुद्द पानीको आपूर्तिमा बृद्धि हुनेछ, फोहोर पानीको प्रशोधन हुनेछ, यसका लागि नदी किनारमा ढलका पाइपहरु बिच्छाउनुका साथै क्रमशः सबै ठाउँमा प्रशोधन केन्द्र निर्माण हुनेछन् । यी संरचना निर्माण भएपछि बागमती लगायत उपत्यकाका नदीहरुमा सफा पानी बग्नेछ ।”
नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यथासक्य सम्पन्न गर्न मन्त्रालय गम्भीर रहेको समेत उनले प्रष्ट पारिन् । उनले मेलम्ची बारे जोड दिंदै भनिन्, “मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्ण रुपले क्रियाशील रहेको स्पष्ट गर्न चाहन्छु । कुनै पनि बहाना र गतिरोधले आफ्नो संकल्पलाई रोक्न सक्दैन, सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पबद्ध रहेको स्मरण गराउँदै पछिल्लो समय परिस्थितिले सकारात्मक दिशा लिएको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: