Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रोग लुकाउँछन् महिला

कालिकोट । नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन्। उनी ४ महिनाकी गर्भवती हुन्। दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ- उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्‍याए। उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट रेफर गरे। पुस ७ गतेदेखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाहअनुसार सात जना युवाले १४ पुसमा दिनभर स्टेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्‍याए। ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइन्’, पति अम्मरेले भने, ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन्। अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्‍याएँ।’ तीन दिन जिल्ला अस्पतालमा उपचार गरेपछि उनी घर फर्किएकी छन्। दुई छोरीकी आमा दुरीले भनिन्, ‘सामान्य रगत बग्दै थियो, घरमा भन्नै लाज लाग्यो, आफैं सन्चो होला भन्ने आशाले काम गरिरहेकै थिएँ। चार दिनपछि उठ्नै नसक्ने भएपछि उहाँले थाहा पाउनुभयो, अस्पताल आयौं।’ यस्तै, पचालझरना गाउँपालिका–२ निवासी ठिट्टु सार्कीको अवस्था उस्तै छ। उनी जिल्ला अस्पताल कालिकोटमा उपचाररत छिन्। तीन महिनाकी गर्भवती सार्कीको पनि आफैं रगत बग्न थाल्यो। पति रोजगारीका लागि भारतमा रहेकाले कसैलाई समस्या भन्न सकिनन्। तर, पीडा सहनै नसक्ने भएपछि मात्रै उनले छिमेकीलाई रत्तस्रावबारे जानकारी दिइन्। उनलाई पनि गाउँका युवाले स्टेचरमा बोकरै जिल्ला अस्पताल कालिकोट पुर्‍याए। कर्णालीका ग्रामीण क्षेत्रका अधिकांश महिला रोग लुकाउँछन्। सानै उमेरमा बिहे, उमेर नपुगी बच्चा जन्माउनु, धेरै सन्तान हुनु तथा गर्भावस्थामा ख्याल नपुर्‍याउनुले अधिकांश गर्भवतीले यो पीडा सहनुपरेको छ। जिल्ला अस्पताल कालिकोटका डा.नहकुल शाही भन्छन्, ‘गर्भवती हुँदा उचित हेरचाह, पोषणयुक्त खानेकुरा अभाव र रगत बग्न सुरु भए पनि अरूलाई भन्न लजाउनेजस्ता कारण गाउँका महिला जोखिम मोल्ने गर्छन्।’ शाहीका अनुसार दुरी र ठिट्टुलाई अस्पताल ल्याउन थोरै ढिलो गरेको भए ज्यानै जान सक्ने अवस्था थियो। पछिल्लो समय गर्भपतनका लागि स्वास्थ्यकर्मीको सम्पर्कबिनै मेडिकलको औषधि प्रयोग गर्ने र रक्तस्राव भएपछि अस्पताल आउने गरेको डा. शाहीले बताए। चेतना अभाव र लाज मान्ने प्रवृत्तिका कारण कर्णालीका अधिकांश गर्भवती महिला अस्पताल नपुग्दै मृत्युवरण गर्न वाध्य छन्। जिल्ला अस्पताल कालिकोटका इमरजेन्सी इन्चार्ज दीपबहादुर रावलले बर्सेनि करिब ६०÷७० जना महिला रक्तस्रावको समस्या लिएर उपचार गर्न आउने गरेको बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending