Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

नेपालीले विदेश घुमेरै सके ३५ अर्ब

काठमाडौं । विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको छ। ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने। विदेशी विनिमय सञ्चिति घटेपछि विदेश जानेलाई प्रवेशाज्ञा र टिकटका आधारमा नगदमा दिइने विदेशी मुद्रा सुविधा २५ सय डलरबाट कटौती गरेर १५ सय अमेरिकी डलर बनाइएको छ। तर भुक्तानी फछ्र्यौट गर्नुपर्ने भएकाले सञ्चित विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता छँदैछ। नेपालबाट रोजगारीका लागि विदेशिने कामदारको संख्या घटे पनि अध्ययनका लागि बाहिरिने विद्यार्थी तथा पर्यटकका रूपमा घुम्न जाने नेपाली, कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिक्रेताको प्रोत्साहन यात्रा (इन्सेन्टिभ टुर) मा जाने नेपालीको संख्या बढिरहेको डेपुटी गभर्नर शिवाकोटी बताउँछन्। गत आर्थिक वर्ष २०७४÷७५ को पहिलो चार महिनामा यस्तो खर्च २५ अर्ब १४ करोड थियो। अर्थशास्त्री केशव आचार्यले विदेश यात्रामा नेपालीले गर्ने खर्चमा भएको वृद्धिका सम्बन्धमा संवेदनशील ढंगले सोच्न आवश्यक भइसकेको बताए। ‘यसमा नियन्त्रण गर्ने भन्दा पनि खर्च कम गर्ने उपायको अवलम्बन गर्नुपर्छ’, उनले भने। नेपालीका लागि विदेश यात्राको ट्राभल प्याकेज बेच्ने एजेन्सीका अनुसार, पर्यटकका रूपमा नेपाली थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया जस्ता देशका सस्ता प्याकेजमा बढी आकर्षित हुने गरेको छन्। अहिले विदेशी मुद्रा सञ्चितिको अवस्था कमजोर छ। विदेशी विनिमय सञ्चिति कमजोर बन्दै गएपछि राष्ट्र बैंकले भारतमा कार्डबाट हुने भुक्तानीमा पनि सीमा तोक्ने तयारी गरिरहेको छ। कुल सञ्चित ९ अर्ब ४३ करोड अमेरिकी डलर आठ महिनाको वस्तु र सेवाको आयात धान्न मात्र पर्याप्त हुन्छ। अमेरिकी डलरको सटही दर क्रमशः पुरानै लयमा फर्केपछि रेमिट्यान्सको वृद्धिदर पनि क्रमशः घट्दै गएको केन्द्रीय बैंकले जनाएको छ। पर्यटनबाट हुने आम्दानीले भने विदेशी मुद्रा आर्जनमा ठूलो भरथेग गर्न नसकेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending