Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’

काठमाडौँ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताएकाे छ । पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन क्रिश्चियन बढदै गएको विचार राखे । कार्यक्रममा इतिहासविद् डा सुरेन्द्र केसीले बहुसङ्ख्यकको नाममा आफ्नो धर्म लाद्नेभन्दा पनि सबै जनतालाई समान व्यवहार गर्न सकेमा मात्र नेपाल साँचिक्कै एकीकरण हुने जिकिर गरे । बौद्ध, मुस्लिम, मधेशी, किराँत, तामाङ आदि समूहजस्ता जनतालाई समान व्यवहार हुन नसकेको तथा विभेद् भएको कारण नै राजतन्त्र समाप्त भएको र ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएर पनि यो धर्म सङ्कटमा परेको डा केसीको तर्क थियो । उहाँले भारतमा प्रतिवर्ष ६ हजार तथा चीनमा प्रतिवर्ष १० हजार चर्च थप्दै गएको प्रसङ्ग उल्लेख गरे । डा केशरबहादुर भण्डारीले सन् १९५० को नेपाल–भारत सन्धिपछि नेपालमा सुरक्षा चुनौती आएको बताए । वरिष्ठ पत्रकार प्रेम कैदीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेपालको एकीकरण भएका कारण नै हामी नेपाली भई बाँच्न पाएका छौ भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: