Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो

काठमाडौं । जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको छ। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ - अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ। यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन्। यसमा नेपालीसहित ११ भाषीलाई लक्ष्य गरिएको छ। यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दै उनीहरूलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालका अनुसार, जापानले आप्रवासनसम्बन्धी कानुनमा पुनरवलोकन गरेसँगै नेपालले द्विपक्षीय कुराकानी अघि बढाएको छ। ‘द्विपक्षीय छलफलअनुसार, सम्भवतः अर्को महिना जापानी प्राविधिक टोली नेपाल आउनेछ’, सचिव दाहालले भने, ‘उनीहरूसँग छलफल गरी कामदार पठाउने व्यवस्थालाई व्यवस्थित गर्न सरकारी तहकै संयन्त्रका सम्बन्धमा छलफल हुनेछ।’ अहिले दक्षिण कोरिया र इजरायलमा मात्र सरकारी तहको संयन्त्रबाट कामदार पठाइन्छ। सरकारी संयन्त्रबाट पठाइएका कामदार तुलनात्मक रूपमा राम्रो सेवा सुविधा र सुरक्षित हुने गरेका छन्। जापान सरकारले कामदारलाई ऋणको पासोमा पारेर शोषण गर्न खोज्ने बदमासी गर्ने दलालले चलखेल गर्न नसक्ने खालको प्रावधानसहित कडा छनोट प्रक्रिया प्रस्ताव गरेको छ। जापान सरकारले गैरजापानीका लागि प्रमाणित पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी जापानी भाषा सिकाउन ६० करोड जापानी ऐन विनियोजन गरेको छ। जापानका सार्वजनिक विद्यालयमा जापानी भाषा शिक्षक उत्पादन गर्ने गरी कार्यक्रम लागू गर्न लागिएको छ। जापानको संशोधित आप्रवासन कानुनअनुसार, जापानले निश्चित सीप र दक्षता भएका शारीरिक श्रम पर्ने काम (ब्लु कलर जब)मा आप्रवासी कामदार खुला गर्ने भएको हो। जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आप्रवासी कामदारलाई खुला गर्न लागेको हो। जापानमा ठूलो संख्याको जनशक्ति पाको उमेरका भएका कारण त्यहाँ जनशक्तिको अभाव भोगेको हो। पहिलो चरणमा पाँच वर्षभित्र जापानले उल्लेखित देशबाट तीन लाख ४५ हजार कामदार लैजानेछ। जापानले १४ वटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको छ। नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता क्षेत्रमा आप्रवासी कामदार लिने भएको हो। जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने भएको हो। आप्रवासी प्रवेशाज्ञाका सम्बन्धमा तयार भएको नीतिगत निर्देशिका पनि मंगलबार नै अनुमोदन भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यो निर्देशिकाले आप्रवासी कामदारलाई सहरी क्षेत्रमा केन्द्रित हुन नदिन केही अत्यावश्यक नीतिगत व्यवस्था गर्ने भएको छ। जापान सरकारले आप्रवासी कामदारले प्रवेशाज्ञा पाउने वित्तिकै सहरी क्षेत्रमा केन्द्रित नहुन भनेर स्पष्ट कार्यक्षेत्र तोक्ने यस्तो व्यवस्था गर्न लागेको बताइएको छ। जापानले यसअघि पनि प्राविधिक प्रशिक्षार्थीका रूपमा आप्रवासी कामदार लैजाने गथ्र्यो। तर, यो व्यवस्थिति नहुँदा धेरै आलोचना पनि भएको थियो। तर नयाँ नीतिगत व्यवस्था अनुसार जापान भिœयाइने आप्रवासी कामदार रोजगारदाताले प्रत्येक्ष भर्ती गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि रोजगारदाताले कामदार लिने व्यवस्थालाई सरलीकृत गरिने भएको छ। जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending