Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

स्थायी कमिटिका सदस्यहरुले बोलिसके, आजको बैठकमा के हुन्छ ? यस्तो छ एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम छ । सरकार र पार्टी एकीकरण टुंग्याउने मुख्य एजेण्डामा शुरु भएको बैठकमा स्थायी कमिटिका सबै सदस्यले बोलिसकेका छन् । छलफललाई व्यवस्थित बनाउन बैठकको शुरुमैं अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय उल्लेख छन् । अध्यक्षको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमले समेत पूरक प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा सम्बोधन गर्न बाँकी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मन्तव्यपछि अध्यक्षहरुले प्रतिवेदनमा प्राप्त सुझाव र टिप्पणी तथा आलोचनाको जवाफ दिनेछन । नेकपा स्थायी कमिटि बैठकमा तीनवटा मुख्य विचार व्यक्त भएका छन् । (क) पार्टी एकता ऐतिहासिकरुपमा सही कदम थियो र यसलाई अझै सुदृढ गरे जानुपर्छ । गुट, उपगुटको अन्त्य गरेर आन्तरिक जनवादलाई मजबूत बनाउनुपर्छ । (ख) पार्टीभित्र विवाद सिर्जना गराउन र बदनाम गराउन बिरोधी सक्रिय छन् । उनीहरुको षडयन्त्रप्रति सचेत बन्दै अघि बढनुपर्छ । (ग) सरकारले जन अपेक्षा अनुरुप काम गर्न सकेको छैन । पार्टी निर्माणसँगै सरकारको कामकारवाहीको समेत समीक्षा गरेर जनताले प्रत्यक्ष अनुभूति हुने गरी सरकार सञ्चालन गर्नुपर्छ । तर यी तीनवटै विषय त्यति सजिलो र सहज भने छैनन । आन्तरिक जनवादको कुरा समूहगतरुपमा बाँडिएका स्थायी समिति सदस्यहरुले नै उठाएको अवस्थामा आन्तरिक जनवाद र संगठनात्मक कार्यशैली सुधार गर्न भावी विधि र प्रक्रिया के हुने भन्ने विषयमा ठोस छलफल गर्नुपर्ने कतिपयले बताएका छन् । यसैगरी सरकारले राम्रा कामको प्रचार गर्न नसक्नु, आलोचनालाई चिर्न नसक्नु र कार्यशैली जनउत्तरदायी नभएको विषयमा समेत के कसरी अघि बढने भन्ने विषयमा स्थायी कमिटिको बैठकले छिनोफानो गर्नु बाँकी छ । आजको बैठकमा सम्भवतः अध्यक्षद्वयले यी र यस्तै बहसका विषयमा आफ्ना विचार राख्ने बताइन्छ । यसका साथै केही उल्लेख्य र महत्वपूर्ण अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने विषय समेत आजको बैठकमा प्रस्तुत हुने देखिन्छ । पार्टीलाई तलसम्म मजबूत ढंगले एकीकरण गर्ने, त्यसको कार्यविधि, मापदण्ड र समयसीमा तोक्ने, पार्टी र कार्यकर्तालाई उर्जाशील बनाउन संगठनात्मक कार्यक्रमहरु तय गर्ने र सरकारका काम कारवाहीका बारेमा समीक्षा संयन्त्र तथा सुधारको मार्गचित्र अघि सार्ने जस्ता कामहरु गर्नैपर्ने टिप्पणी चलिरहेको छ । आज अध्यक्षको सम्बोधनपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ । स्थायी कमिटिको बैठक आज नै सकिन्छ या निरन्तरता हुन्छ भन्ने विषयमा केही सार्वजनिक भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: