Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

स्थायी कमिटिका सदस्यहरुले बोलिसके, आजको बैठकमा के हुन्छ ? यस्तो छ एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम छ । सरकार र पार्टी एकीकरण टुंग्याउने मुख्य एजेण्डामा शुरु भएको बैठकमा स्थायी कमिटिका सबै सदस्यले बोलिसकेका छन् । छलफललाई व्यवस्थित बनाउन बैठकको शुरुमैं अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय उल्लेख छन् । अध्यक्षको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमले समेत पूरक प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा सम्बोधन गर्न बाँकी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मन्तव्यपछि अध्यक्षहरुले प्रतिवेदनमा प्राप्त सुझाव र टिप्पणी तथा आलोचनाको जवाफ दिनेछन । नेकपा स्थायी कमिटि बैठकमा तीनवटा मुख्य विचार व्यक्त भएका छन् । (क) पार्टी एकता ऐतिहासिकरुपमा सही कदम थियो र यसलाई अझै सुदृढ गरे जानुपर्छ । गुट, उपगुटको अन्त्य गरेर आन्तरिक जनवादलाई मजबूत बनाउनुपर्छ । (ख) पार्टीभित्र विवाद सिर्जना गराउन र बदनाम गराउन बिरोधी सक्रिय छन् । उनीहरुको षडयन्त्रप्रति सचेत बन्दै अघि बढनुपर्छ । (ग) सरकारले जन अपेक्षा अनुरुप काम गर्न सकेको छैन । पार्टी निर्माणसँगै सरकारको कामकारवाहीको समेत समीक्षा गरेर जनताले प्रत्यक्ष अनुभूति हुने गरी सरकार सञ्चालन गर्नुपर्छ । तर यी तीनवटै विषय त्यति सजिलो र सहज भने छैनन । आन्तरिक जनवादको कुरा समूहगतरुपमा बाँडिएका स्थायी समिति सदस्यहरुले नै उठाएको अवस्थामा आन्तरिक जनवाद र संगठनात्मक कार्यशैली सुधार गर्न भावी विधि र प्रक्रिया के हुने भन्ने विषयमा ठोस छलफल गर्नुपर्ने कतिपयले बताएका छन् । यसैगरी सरकारले राम्रा कामको प्रचार गर्न नसक्नु, आलोचनालाई चिर्न नसक्नु र कार्यशैली जनउत्तरदायी नभएको विषयमा समेत के कसरी अघि बढने भन्ने विषयमा स्थायी कमिटिको बैठकले छिनोफानो गर्नु बाँकी छ । आजको बैठकमा सम्भवतः अध्यक्षद्वयले यी र यस्तै बहसका विषयमा आफ्ना विचार राख्ने बताइन्छ । यसका साथै केही उल्लेख्य र महत्वपूर्ण अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने विषय समेत आजको बैठकमा प्रस्तुत हुने देखिन्छ । पार्टीलाई तलसम्म मजबूत ढंगले एकीकरण गर्ने, त्यसको कार्यविधि, मापदण्ड र समयसीमा तोक्ने, पार्टी र कार्यकर्तालाई उर्जाशील बनाउन संगठनात्मक कार्यक्रमहरु तय गर्ने र सरकारका काम कारवाहीका बारेमा समीक्षा संयन्त्र तथा सुधारको मार्गचित्र अघि सार्ने जस्ता कामहरु गर्नैपर्ने टिप्पणी चलिरहेको छ । आज अध्यक्षको सम्बोधनपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ । स्थायी कमिटिको बैठक आज नै सकिन्छ या निरन्तरता हुन्छ भन्ने विषयमा केही सार्वजनिक भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending