Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेको भन्दै त्यसलाई सच्याइने बताए । पुल निर्माणको लागि जिम्मा लिएको कम्पनीलाई आफ्नो कामप्रति जिम्मेवार भएर प्रभावकारी रुपमा लागि पर्न मन्त्रीले निर्देशन दिए । मन्त्रालयका सचिव मधुसुधन अधिकारीले निर्माण गर्ने इञ्जिनीयरलाई निर्माणसम्बन्धी तालीम दिएर अब निर्माण हुने पुल लामो समयसम्म सञ्चालन गर्न सकिने गरी दिगो बनाउनुपर्ने बताए । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले नयाँ पुल निर्माणसँगै भएका पुराना पुल मर्मतको काम पनि त्यतिकै आवश्यक रहेकोमा जोड दिए । विश्व बैंकका प्रतिनिधि ओस्नी क्युले पुल निर्माण तथा मर्मत कार्य निर्धारित समयमै सकिनेमा आफू ढुक्क रहेको धारणा राखे । यस कार्यक्रमअन्तर्गत मुख्य राजमार्गका निर्माण भएका पुलको मर्मत र निर्माणको काम पर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । पञ्चवर्षे योजनाअनुरुप २०१८ डिसेम्बरदेखि २०२३ जुलाइसम्म यो कार्यक्रम रहने छ । यस अवधिमा कतिवटा पुल निर्माण र मर्मत गरिन्छन् भन्ने अहिलेनै एकिन भने भएको छैन । वार्षिक १० वटासम्म पुल निर्माण सम्मन्न हुने गरेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराइले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: