Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

ओ हो ! यति धेरै नेकपाकै नेता किन खनिए ओली-प्रचण्डतिर ?

काठमाडाैं । धुम्बाराहिमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा हालसम्म ३४ जना सदस्यहरूले धारणा राखेका छन् । उक्त बैठकमा धारणा राख्नेहरू अधिकांशले पार्टी नेतृत्व र सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । ४५ सदस्यीय स्थायी कमिटीमा बोलेका ३४ मध्ये करिब ३० सदस्यले चर्को आलोचना गरेका थिए । अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो । केहि सदस्यहरूले मात्रै सरकार र पार्टीको बचाउमा उत्रिएका छन् । सरकारको बचाउ गर्नेमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत नेताहरू छन् । अध्यक्षले दिनुपर्ने जवाफ रिमालले बैठकमा अाफै दिने गरेका छन् । त्यसमा नेकपाका केहि स्थायी कमिटी सदस्यहरू असन्तुष्ट बनेका थिए । एक सदस्यले खबरडबलीसँग भने \'हामीले त ओली, प्रचण्ड अध्यक्ष हुन कि रिमाल जी हुन छुट्याउनै सकिएन् ।\' सहभागी नेताका अनुसार रिमाल बैठकमा निकै हावी हुन थालेका छन् । रिमालले बैठकमा अधिकांश नेताहरु आत्मभत्र्सनाको शैलीमा प्रस्तुत भएको भन्दै उनले यो आवश्यक नभएको बताएका थिए । अहिले सरकार र पार्टी एकतामा संक्रमणकाल रहेको भन्दै उनले यस्तो बेला राम्रा र योग्यहरु बाहिर हुन सक्ने बताए । त्यसो त पोखरेलले पनि बैठकमै घमण्डी पारा देखाएको  छन् । पोखरेलले बरू आफु मुख्यमन्त्री पद छाड्न तयार रहेको तर पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने भन्दै बैठकमा कड्किएका थिए । बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् । पोखरेलको भनाइलाइ अर्का नेता सुरेन्द्र पाण्डेले काउन्टर गरेका थिए । \'पोखरेलले साइकोलोजिकल ब्लाकमेलिङ गर्न खोज्नुभयो\' एक नेताले भने \'पोखरेलले बैठकलाइ प्रभावित बनाउन खोजे ।\' र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: