Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

ओ हो ! यति धेरै नेकपाकै नेता किन खनिए ओली-प्रचण्डतिर ?

काठमाडाैं । धुम्बाराहिमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा हालसम्म ३४ जना सदस्यहरूले धारणा राखेका छन् । उक्त बैठकमा धारणा राख्नेहरू अधिकांशले पार्टी नेतृत्व र सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । ४५ सदस्यीय स्थायी कमिटीमा बोलेका ३४ मध्ये करिब ३० सदस्यले चर्को आलोचना गरेका थिए । अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो । केहि सदस्यहरूले मात्रै सरकार र पार्टीको बचाउमा उत्रिएका छन् । सरकारको बचाउ गर्नेमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत नेताहरू छन् । अध्यक्षले दिनुपर्ने जवाफ रिमालले बैठकमा अाफै दिने गरेका छन् । त्यसमा नेकपाका केहि स्थायी कमिटी सदस्यहरू असन्तुष्ट बनेका थिए । एक सदस्यले खबरडबलीसँग भने \'हामीले त ओली, प्रचण्ड अध्यक्ष हुन कि रिमाल जी हुन छुट्याउनै सकिएन् ।\' सहभागी नेताका अनुसार रिमाल बैठकमा निकै हावी हुन थालेका छन् । रिमालले बैठकमा अधिकांश नेताहरु आत्मभत्र्सनाको शैलीमा प्रस्तुत भएको भन्दै उनले यो आवश्यक नभएको बताएका थिए । अहिले सरकार र पार्टी एकतामा संक्रमणकाल रहेको भन्दै उनले यस्तो बेला राम्रा र योग्यहरु बाहिर हुन सक्ने बताए । त्यसो त पोखरेलले पनि बैठकमै घमण्डी पारा देखाएको  छन् । पोखरेलले बरू आफु मुख्यमन्त्री पद छाड्न तयार रहेको तर पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने भन्दै बैठकमा कड्किएका थिए । बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् । पोखरेलको भनाइलाइ अर्का नेता सुरेन्द्र पाण्डेले काउन्टर गरेका थिए । \'पोखरेलले साइकोलोजिकल ब्लाकमेलिङ गर्न खोज्नुभयो\' एक नेताले भने \'पोखरेलले बैठकलाइ प्रभावित बनाउन खोजे ।\' र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending