Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

दुबइमा बस्ने नेपालीहरुले भूकम्प पिडतलाई यसरी सहयोग गरे

गत बैशाख महिनामा नेपालमा गएको विनाशकारी भुकम्पमा परि जनधनको अपूरणिय क्षति ब्यहोर्नुपरेका नेपालीहरुलाई हिजो युएईको अल ऐन स्थित भुकम्प पीडित राहत तथा उद्धार समितिले एक कार्यक्रमको आयोजना गरि करिब चार लाख नेपाली रुपैयाँ बराबर राहत रकम पीडितहरुलाई प्रत्यक्ष सहयोग गरेको छ । बैशाख १२ को भुकम्पलाई मध्यनजर गरि यु ए इ मुलुकको अल ऐन शहरमा कार्यरत विभिन्न संघ संस्था तथा समाजसेवीहरुको भेलाले सो समिति गठन गरिएको थियो । देश दुखेको बेला हामी सबै एकवद्ध हुनुपर्छ भन्ने अभिप्रायले प्रवासी नेपाली मञ्च यु ए ई का केन्द्रीय सदस्य श्यामराज पाठकको संयोजनमा गठित उक्त समितिमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यु ए इ का जे.सागर सचीव हुनुहुन्थ्यो । साथै आर्थिक हिसाब पारदर्शी राख्न लेखा ब्यबस्थापन तथा वास्तविक पीडितहरुको पहिचानको लागि छानबिन उपसमिति समेत गठन गरिएको थियो । रोजगारीको सिलसिलामा हाल अल ऐनमा बसोबास गरिरहेका ,न्यून आयश्रोत भएका तथा मानवीय क्षति र पूर्ण रुपमा भौतिक क्षति भएका पीडितहरुलाई प्राथमिकतामा राखी राहत प्रदान गर्ने उद्देश्यका साथ शुरु गरिएको सो अभियानमा २६ जना पीडितहरुबाट राहतको लागि परेको निवेदन उपर छानबिन समितिले अध्ययन गर्दा सबैलाई दिनुपर्ने अवस्था देखिएकोले संकलित रकमबाट क्षतिको प्राथमिकताको आधारमा दामासाहीमा सो रकम वितरण गरिएको थियो साथै अल ऐनको अल जिम्मी अस्पतालमा प्यारालाइसिस रोगको उपचार गराइरहेकी सोम माया घलेलाई पनि ने रु करिब बयालिस हजार सो समितिबाट सहयोग गरिएको थियो । डा.रबिन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको हिजोको राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तामाङ समाजका अल ऐन क्षत्रीय अध्यक्ष सनिल घिसिङ लामाले यु ए इ लगायत अन्य मुलुकको इतिहासमै यस्तो प्रकारको एकता पहिलोपटक देखिएको बताउनु भयो भने धन्यवाद ज्ञापनको क्रममा प्रवासी मञ्च अल ऐनका अध्यक्ष लक्ष्मण अधिकारीले विपदले एकताको पाठ पढाएको बताउनुभयो । उल्लेख्य सहयोग दातालाई प्रमुख अतिथिको हातबाट धन्यवाद ज्ञापन पत्र समेत प्रदान गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका संयोज श्यामराज पाठकले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचीव जे.सागरले गर्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: