Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नेकपा बैठकको भित्रि पाटो : यसरी नरम हुन पुगे नेताहरु

निर्णायक लडाई लड्न कस्सिएका नेताहरु एकाएक मत्थर

काठमाडौं । गत मंसिर २२ गते नेकपाका ४ शिर्ष नेताहरुले बैठक बहिस्कार गरेपछि चुलिएको विवाद शिर्ष नेताहरुको धैर्यता र प्रचण्डको विशेष पहलले छलफल गर्ने बाताबरणतिर गएको छ ।
बैठक बहिस्कार गरे माधव नेपाल, नारायणकाजी श्र्रेष्ठ, बामदेब गौतम र झलनाथ खनालले छुट्टै राजनीतिक प्रतिवेदनको तयारी सहित स्थायि समितिको बैठकमा अध्यक्ष तथा केपी शर्मा ओलीलाई अल्पमतमा पारी झुकाउने तयारी गरेका थिए ।


बैठक बहिस्कारपछि संचारमाध्यमबाटै स्थायी समितिको माग गरेका नेताहरुको योजनालाई असफल पार्न ओली/प्रचण्डले २९ गतेका लागी स्थायी समितिको बैठक बोलाएका थिए ।
स्थायी समितिको बैठकका लागी केपी शर्मा ओलीले राजनीतिक प्रतिबेदन तयार पारेका थिए भने उक्त प्रतिबेदनलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिमार्जन गरेका थिए ।


यसरी तयार भयो ‘सफ्ट’ प्रतिवेदन !

नेकपा उच्च स्रोतका अनुसार बिद्रोही नेताहरुले छुट्टै राजनीतिक प्रतिवेदन लेख्दै गरेको सुईको पाएका ओलीले शिर्ष ४ नेतालाई ठोकेर प्रतिवेदन लेखेका थिए । उता बैठक बहिस्कार गर्ने ४ नेताहरुका तर्फबाट पनि बामदेव गौतमले भिन्न मत तयार गरेका थिए ।
दुवै प्रतिवेदन एकअर्काप्रति लच्छित रहेको अवस्थामा प्रचण्डले ‘अहिले आँफैभित्र लड्न नहुने’ भन्दै प्रतिवेदन आफुले ‘सफ्ट र सबैलाई’ स्विकार्य हुनेगरी परिमार्जन गर्ने कुरा बताए । स्रोत भन्छ, ओलीले नेपाल लगायतका नेताहरु स्थायी समितिको बैठकमा सौहार्दरुपमा प्रस्तुत हुने शर्त भए आफु प्रतिवेदन परिमार्जन गर्न तयार रहेको बताएका थिए । सोही अनुसार प्रचण्डले आवश्यक परिमार्जन गरे ।


बिद्रोही नेताहरुसँग प्रचण्डको पटकपटक छलफल


स्रोत भन्छ, विद्रोही नेताहरुसँग स्थायी समितिको बैठकअघि अध्यक्ष प्रचण्डले छुट्टाछुट्टै र एकैठाउँमा समेत राखेर छलफल गरेका थिए । दुईतिहाई सरकारबाट जनताले ठुलो अपेक्षा गरेको र यस्तो अवस्थामा आँफैभित्र लड्न नहुने धारणा प्रचण्डले नेतारुसँग राखेका थिए ।


नेपाल, खनाल, श्र्रेष्ठ र गौतमसँग प्रचण्डले पटकपटक एक्लाएक्लै भेटेर आफुहरुले राजनीतिक प्रतिवेदन सबैलाई मान्य हुनेगरी र बैठकमा सबै एजेण्डामाथि छलफल गर्न सकिने बाताबरण निर्माण गर्ने बताएका थिए । साथै अध्यक्षहरुकै प्रतिवेदनमाथि थप परिमार्जन गर्न तर छुट्टै प्रतिवेदन तयार नगर्न अनुरोध गरेका थिए ।


स्रोत भन्छ, शनिबार विहानसम्म पनि राजधानीको एक नेताको निवासमा प्रचण्डले नेपाल, खनाल, श्र्रेष्ठ र गौतमलाई एकैठाउँमा राखेर बाहिर अनेकताको सन्देश जाने गरी स्थायी समितिमा प्रस्तुत नहुन अनुरोध गरेका थिए ।


सोही अनुसार स्थायी समितिमा प्रतिवेदनका अलावा अन्य एजेण्डाहरुमाथि पनि छलफल हुने तय भएको थियो ।


शनिबार प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेता बामदेव गौतमले भिन्न मत राखेका छन् भने दुवै प्रतिवेदन अध्ययनका लागी सोमबारसम्म स्थायी समितिको बैठक स्थगित गरिएको छ ।

मिलाउने भुमिकामा प्रचण्ड !


केही अनुमान विपरित ओली /नेपाल लड्दा मिलाउने भुमिकामा प्रचण्ड देखिएका छन् । दुई नेताहरुलाई कतै प्रचण्डले झन लडाउने त होइनन् भनेर केही राजनीतिक विश्लेषकहरुले गरेको अनुमान विपरित दुवै नेताहरुलाई मिलाउने भुमिका प्रचण्डले अहोरात्र निर्वाहा गरिरहेका छन् । प्रचण्डलाई भेटेर फर्किएका पूर्व एमालेका एक नेताका अनुसार यतिवेला प्रचण्डले आफै लडेर जनताका अपेक्षा पुरा नहुने र एकता प्रक्रिया पनि तुहिने विश्लेषण गरेका छन् । यसकारण उनले अन्तरविरोध बढाउन नदिने र घटाउने भुमिकाप्रति ओली र नेपाल समुहको विश्वास समेत जितेका छन् ।


ति नेताका अनुसार प्रचण्डले यसरी मात्रै पार्टीले सरकारको काम तिव्र गतिमा सम्पादन गर्ने बुझेका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा बैठकमा ओली र प्रचण्डको २२ पन्ने प्रतिवेदन पेश

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending