काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुसको मस्कोतर्फ जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका शंकास्पद ४४ जनाबारे छानबिन थालेको छ । विदेश पुगिसक्दा समेत त्यहाँ जानुको कारण खुल्ने बलिया कागजपत्र नहुँदा कतिपय नेपाली फर्कनुपरेको घटना बढ्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले प्रस्थान अनुमतिमैँ कडाइ गर्न थालेको अधिकारीहरूले बताएका छन् । प्रहरी अधिकारीहरूका अनुसार मानव तस्करीसँग जोडेर त्यसको छानबिन भइरहेको छ ।
गत मंङ्गलवार एयर अरेबियामार्फत् पर्यटकका रूपमा रुस घुम्न हिँडेका ४४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूले प्रस्थान अनुमति दिएनन् । हिउँद छिप्पिँदै गर्दा अति चिसो बनिरहेको मस्कोमा अहिले घुम्ने अवस्था नरहेको बताइन्छ। त्यसमाथि आफूले बोकेका कागजातमा उनीहरू विभिन्न कम्पनीका मालिक र उच्चतहका कर्मचारी भनिए पनि ती बोक्नेलाई नै आफू कुन अवतार धारण गर्दै विदेश जाँदै छु भन्ने पत्तो थिएन ।
भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ यात्रु मस्को जान लागेका थिए । तीमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन् ।
यसबारे अनुसन्धान गरिरहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले भने, \'मानिसहरूलाई लगेर बेच्ने भन्दा पनि लगेर अलपत्र पार्ने क्रम बढेको छ । पहिले टर्की देखिएको थियो । त्यसपछि दक्षिण अफ्रिका देखियो। तर अहिले त्यता बन्द छ ।\' विमानस्थलको अध्यागमन डेस्कले पछिल्ला समय यस्तै घटनामा दैनिक औसत एक दर्जन मानिसलाई रोक्ने गरेको अधिकारीहरूले बताएका छन् । यात्रीले बोक्ने रकम, उनीहरूको उमेर, भ्रमणको स्पष्ट उद्देश्यबारे उनीहरूको भनाइ र विगतमा गरेका यात्राले त्यसको नियमन गरिरहेको ती अधिकारीहरूले बताएका छन् ।
पर्यटकका रूपमा गएर गैरकानुनी हैसियतमा काम गर्नेदेखि लिएर मानव तस्करको योजनामा फस्न सक्ने भन्दै त्यसो गरिएको उनीहरू बताउँछन् । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत राजेश पौडेल भन्छन्, \'वैधानिक प्रक्रियाले जान प्रेरित गर्न र उता गएर कोही अलपत्र नपरुन् भनेर असल मनसायले रोक्ने गरिएको छ ।\'
सन्देहपूर्ण ढङ्गबाट रुस उड्न लागेको पछिल्लो घटनालाई भने मानव तस्करीसँग जोडेर अनुसन्धान भइरहेको बताइएको छ । विभिन्न मार्गमा कडाइ भइरहँदा तस्करहरूले आफ्नो मार्ग समेत बदलिरहने पाइएकोले यस्ता घटनालाई संवेदनशील ढङ्गबाट हेरिएको अध्यागमन विभागका एकजना निर्देशक विष्णुहरि उपाध्यायले बताए । गन्तव्यमा पुगेरै नेपाली फर्काइएका घटना पछिल्लो समय जापान, कोरिया, रुस जस्ता देशमा गएका धेरै पाइएका छन् । खाडी मुलुकका हकमा संस्थागत रूपमा श्रम प्रक्रिया पूरा गरेका बाहेकलाई घुम्न जान कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: