मङ्ग वाङ्जू थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या छ। उनका वकिलहरूका अनुसार उनले दैनिक औषधि खानुपर्छ।
\"म बिरामी महसुस गरिरहेकी छु। बन्दीजीवन बिताइरहँदा मेरो स्वास्थ्य बिग्रिनेमा चिन्तित छु,\" उनले भनेकी छन्। \"अहिले मलाई ठोस खाना खान मुश्किल छ। त्यसैले मेरो खाना नै परिवर्तन गर्नुपरेको थियो।\"
उनका वकिलहरूले ती चार छोराछोरीकी आमाको भ्यानकुभर शहरसँग बलियो सम्बन्ध रहेको हुनाले उनी भागेर जाने खतरा नरहेको तर्क गरेका थिए।
तनाव
मङ्ग वाङ्जूलाई भ्यानकुभरमा डिसेम्बर १ तारिखका दिन पक्राउ गरिएको थियो। जसले चीन र क्यानडाबीच कूटनीतिक तनाव उत्पन्न गराएको छ।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उनको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने बताएका छन्।
सन् २००९ सम्म आफू क्यानडाको स्थायी बासिन्दा भएको र त्यसपछि आफू चीन फर्केको उनले अदालतलाई बताएकी छन्।।
तर उनले सन् २०१२ मा आफ्ना दोस्रो श्रीमान्सँग मिलेर भ्यानकुभरमा एक घर किनेकी छन्।
आफ्ना छोराछोरी र श्रीमान्लाई भेट्न उनी त्यहाँ आइरहन्छिन्। उनका छोराछोरीले सन् २०१२ सम्म क्यानडाका स्कूलमा पढेका थिए।
त्यो घरको अहिलेको मूल्य करिब ४८ करोड नेपाली रुपैयाँ (५६ लाख क्यानडेली डलर) रहेको उनले बुझाएको कागजातमा उल्लेख गरिएको छ।
सन् २०१६ मा यो जोडीले करिब एक अर्ब चालीस करोड नेपाली रुपैयाँ (१६३ लाख क्यानडली डलर) तिरेर अर्को बङ्गला किनेका थिए। दुवै घर उनीहरूले धरौटीमा छुट्नका लागि धितो राखेका छन्।
११ डिसेम्बरमा उनलाई करिब ८६ करोड रुपैयाँ (७० लाख क्यानडेली डलर) धरौटीमा छोडिएको छ।
भ्यानकुभर किन ?
बीबीसी विश्व सेवाका एशिया प्रशान्त सम्पादक माइकल ब्रिस्टो भन्छन् अदालतका कागजातले चिनियाँ अधिकारीको जीवनका निजी रमाइला पाटोहरू उधिनिदिएका छन्।
बसोबास, छोराछोरीको शिक्षादीक्षा र चिनियाँ जीवनमा रहेको अनिश्चितताबाट पार पाउन भ्यानकुभर केही समययता धनी चिनियाँहरूको रोजाइमा पर्ने गरेको छ।
मानिसहरु मङ्गसँग एक होइन दुई घर रहेको र किन उनले एकैपटक सातवटा पासपोर्ट राखेकी होलिन् भनेर सोचिरहेका छन्।
कसरी सात पासपोर्ट भए ?
यो एक किसिमले रहस्यमय छ। मिडिया रिपोर्टहरूका अनुसार उनीसँग चार चिनियाँ पासपोर्ट र तीन हङकङ पासपोर्ट छन्।
चिनियाँ नियम अनुसार यदि नागरिकहरूले अरु देशको पासपोर्ट लिने हो भने चिनियाँ पासपोर्ट त्याग्नुपर्छ।
हङकङका अधिकारीहरूले मङ्गको पासपोर्टबारे प्रतिक्रिया दिन चाहेनन्। तर हङकङको एउटा व्यक्तिले एक समयमा एक मात्र पासपोर्ट राख्न पाउने बताइएको छ।
अमेरिकी अध्यागमन निकायका अनुसार सन २०१४ देखि २०१७ सम्म ३३ पटक अमेरिका छिर्दा उनले तीन प्रकारका हङकङ पासपोर्ट प्रयोग गरेकी थिइन्।
उनको दोस्रा छोरा म्यासाचुसेट्समा पढिरहेको बताइएको छ। तर उनी मार्च २०१७ देखि अमेरिका आएकी छैनन्।
क्यानडाको प्रहरीले अदालतलाई कम्पनीमाथि सन् २०१७ मा अपराधिक अनुसन्धान शुरू भएयता उनीहरूले यात्रा योजना परिवर्तन गरेको हुनसक्ने देखिएको बताएको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: