बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन् ।
युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन ।
युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ । बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ । गत नोभेम्बर २५ मा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमन सम्बन्धी सम्झौता (ब्रेक्जिट)लाई अनुमोदन गरेको थियो ।
तर निकै लामो बहस र मध्यस्थता पश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ । सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ । साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ ।
पार्टीभित्र नेतृत्व बिबाद एक वर्षका लागि टुङ्गिए पनि ब्रेक्जिटलाई बेलायतको संसदले औपचारिक अनुमोदन गर्नुपर्ने चुनौती अद्यापी छ ।
“बेलायतमा भएको छलफल हेर्दा परिस्थिति त्यति सहज देखिन्न, तर ब्रेक्जिटमा जटिलता नआओस् भन्ने हाम्रो चाहना हो । यसका निम्ति हाम्रो समर्थन रहन्छ,” अस्ट्रियाका चान्सलर सेबास्टियन कर्जले बताए । अस्ट्रियाले अहिले युरोपेली युनियनको अध्यक्षता गरिरहेको छ । युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कसँग यसै साता बस्ने युनियनको शिखर बैठकका कार्यसूची तय गर्न उनी ब्रसेल्स आइपुगेका छन् ।
“स्पष्टै छ, बहिर्गमन सम्झौतालाई छलफलमा ल्याइने छैन र त्यसमा संशोधन पनि हुने छैन तर दुबै पक्षका सरोकारका विषयमा भने छलफल हुन सक्नेछ,” कर्जले भने ।
प्रधानमन्त्री मेले युरोपका तीन देशको भ्रमण गरी त्यहाँका नेताहरुबाट ब्रेक्जिटका बारेमा समर्थन जुटाउने प्रयत्न गरेका छन् । युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले पनि बेलायती प्रधानमन्त्रीलाई सहयोग गर्ने तत्परता देखाएको छ, तर उनको एउटा प्रश्न छ, “त्यो कसरी ?”
बेलायतको “आपतकालीन सावधानी”का लागि गरेको आग्रह के हो भनी सोधिएको प्रश्नमा चान्सलर कर्जले भने “उदाहरणका लागि, बेलायतले चाहेको त्यो आपतकालीन व्यवस्था कहिलेसम्मका लागि हो ? त्यो कहिले समाप्त हुन्छ ?”
आयरल्यान्ड युरोपेली युनियनको सदस्य कायमै रहेको अवस्थामा आपतकालीन व्यवस्था हुनैपर्ने धारणा युरोपेली अधिकारीहरुको छ । “ब्रेक्जिटको अन्तिम मिति राख्न अब जरुरी देखिन्न,” एकजना अधिकारीले बताए । एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: