जनकपुर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् । राम–सीताले पालना गरेको आदर्श र मूल्यहरुले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ ।
विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आएका आदित्यनाथले लिखित जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि उनले लिखित सन्देश दिएका हुन् ।
उनले जनकपुरधाममा पूजाअर्चना गर्न र महाराज जनकको भूमिको यात्रा गर्न पाएकोमा आफू धन्य भएको उल्लेख गरेका छन् । साथै आफ्नो प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएकोमा उनले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिएका छन् ।
यस्तो छ योगी आदित्यनाथले दिएको लिखित सन्देशः
विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु । भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् । उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ । मेरो साथमा आएको प्रतिनिधिमण्डललाई भव्य स्वागत गर्नुभएकोमा म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई सुख तथा समृद्धिका शुभकामना दिन चाहन्छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: