मकवानपुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मकवानपुरगढीको विकासका लागि सरोकारवालाले चासो व्यक्त गरेका छन् । सोमबार गढीमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाले गढीको विकासमा गम्भीर भएर लाग्ने बताएका हुन् । सरकारले गढीलाई नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । छलफलमा जनप्रतिनिधि, इतिहासविद्, पुरातत्वविद् र सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - देशकै पुरानो मकवानपुरको गढी दरबारका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । गढी क्षेत्रको पूर्वाधार विकासमा अघिल्लो आर्थिक वर्ष ८० लाख रुपैयाँ बजेट विनियोजन भएकामा ८ लाख मात्र खर्च भएको थियो । यस वर्ष विनियोजित रकम खर्च गर्ने गरी योजना तयार पारिने पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले बताए । उनका अनुसार गढीमा छोटो समयमा पर्यटक भित्र्याउनका लागि तत्काल ४० लाखको लागतमा गोलघर सूचना केन्द्र र ५० लाखको लागतमा गेट, कम्पाउन्डलगायतका संरचना निर्माण गरिनेछन् ।
विभागमा पत्राचार
गढीमा कुनै पनि संरचना निर्माण गर्दा पुरातत्व विभागबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । त्यसका लागि आयोजनाले विभागमा पत्र पठाइसकेको क्षेत्रीले बताए । ‘प्रदेश ३ मा पर्ने सिन्धुली, चिसापानी, हरिहरपुर, उपरदाङ, सोमेश्वर, सूर्य, रसुवा र दुंगुना गढीको विकासका लागि सरकारले बजेट छुट्याएको छ,’ क्षेत्रीले भने, ‘सबै ठाउँको कामलाई प्रदेश सरकारले उत्तिकै महत्वका साथ अघि बढाउनेछ ।’
कार्यक्रममा पुरातात्विक विभागका पुरातत्वविद् रामबहादुर कु“वरले सेनकालमा बनाइएको संरचनामध्ये मकवानपुरगढी ठूलो संरचना भएको बताए । कार्यक्रममा चनमन ब्यारेकका बाहिनीपति सहायक रथी सहदेव खड्काले गढीको विकास र पूर्वाधार निर्माणका लागि सेना श्रमदान गर्न तयार रहेको बताए । उनले गढी सेनाको इतिहाससँग जोडिएकाले यसप्रति सेनालाई गौरव रहेको बताए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं, इतिहासविद् डा. दिनेशराज पन्त, प्रमुख सेनानी अनिलकुमार बुढाथोकी, इतिहास खोजकर्ता तथा मकवानपुगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेलगायतले गढीको इतिहास र विकासबारे चर्चा गरेका थिए ।
जितेको स्थानमा विजय स्मारक
२ सय ५६ वर्षअघिको मकवानपुरगढी परिसरमा विजय स्मारक बनाउने योजना छ । विसं १८१९ माघ १० गते तत्कालीन मुस्लिम फौजलाई गोर्खाली सेनाले पराजित गरेको इतिहास बोकेको गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाउन लागिएको हो । ०६४ सालमा समितिले अघि सारेको योजनालाई साथ दिँदै मकवानपुरगढी गाउँपालिकाले योजना पूरा गर्ने रणनीति बनाएको छ ।
त्यस समयको युद्धस्थल शिखरकटेरीमा गाउँपालिका र समितिले विजय तथा एकीकरण पार्क निर्माण गर्ने समितिका सचिव केदारप्रसाद न्यौपानेले जानकारी दिए । नेपालको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुर गढीमा ०६४ देखि हरेक १० माघमा विजय उत्सव मनाउन थालिएको छ । यस वर्ष विजय उत्सव भव्यताका साथ मनाउने तयारी गरिएको गढी गाउ“पालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: