काठमाडाैं । सरकारले टिम्बर कर्पोरेसन अफ नेपाल प्रालि र वन पैदावार विकास समिति खारेजीको तयारी गरेको छ । दुवै संस्था खारेज गरी शक्तिशाली प्राधिकरण बनाउने तयारी गरेको हो । १८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उस्तै प्रकृतिका संस्थालाई खारेज गर्ने निर्णयबमोजिम दुई संस्था खारेज हुन थालेका हुन् ।
वन क्षेत्रलाई उद्यमका रूपमा विकास गरी आर्थिक लाभ लिने उद्देश्यका साथ उस्तै प्रकृतिका दुई संस्थालाई गाभेर एक बनाउन लागिएको हो । नयाँ बन्ने प्राधिकरणको सेयर निजी क्षेत्रलाई पनि दिने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए । ‘ टिम्बर कर्पोरेसनमा सरकारी निकायको मात्रै सेयर थियो ।’ उनले भने, ‘नयाँ बन्ने प्राधिकरणमा ५१ प्रतिशत सरकारी हिस्सेदारी रहने गरी ४९ प्रतिशत निजी क्षेत्रका लागि खुला गर्छौँ ।’ सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थकता दिने उद्देश्यले यस्तो योजना अघि सारिएको हो ।
प्राधिकरण यस्तो हुनेछ
वन क्षेत्रका काठ दाउरालगायत सहज आपूर्तिसँगै सहुलियतपूर्ण वितरणको काम प्राधिकरणले गर्नेछ । वन क्षेत्रबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा योजना निर्माणलगायत काम पनि प्राधिकरणकै हुनेछ । आयोजना निर्माण गर्दा एक रुख काटिएपछि २५ बिरुवा रोप्ने प्रावधान छ । अबदेखि यो काम पनि प्राधिकरणले गर्ने भएको छ । खाली ठाउँमा कहाँ कस्ता खालका बिरुवा रोप्ने भन्ने विषय पनि प्राधिकरणकै हुने ढुंगानाले बताए ।
टिम्बर कर्पोरेसनको स्थापना ०१७ सालमा भएको थियो । विराटनगर, हेटौँडा, भरतपुर, नेपालगन्ज र धनगढीमा गरी कूल ८६ कर्मचारी कर्पोरेसनमा कार्यरत छन् । यस संस्थाले सरकारले तोकेको दरमा काठ दाउरा बिक्री गर्दै आएको थियो । यस्तै, ०३३ सालमा स्थापना भएको वन पैदावार विकास समितिले मुख्य रूपमा वृक्षरोपणको काम गर्दै आए पनि काठ दाउरा बिक्री पनि गर्दै आएको छ । जसले सागरनाथ वन परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना झापाको वन क्षेत्र लिएको छ ।
प्राधिकरणको नाम नेपाल वन निगम प्रालि प्रस्ताव
वन तथा वातावरण मन्त्रालयले नयाँ बन्ने प्राधिकरणको नाम ‘नेपाल वन निगम प्रालि’ बनाउनुपर्ने प्रस्ताव गरेको छ । यसका लागि ७ पुसमा टिम्बर कर्पोरेसन र वन पैदावार विकास समितिको विशेष साधारण सभा बोलाएको ढुंगानाले बताए । साधारण सभाले नयाँ संस्थाको नामलगायत संस्थाको मोडालिटीका विषयमा पनि सुझाब दिने उनको भनाइ छ । ‘दुई संस्था गाभिने भएपछि कर्मचारी र चल–अचल सम्पत्ति नयाँ संस्थामा स्वत जानेछ ।’ ढुंगानाले भने, ‘संस्थाको ऐन र नियमावली भने परिमार्जन गरेर सञ्चालन गर्छौँ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: